सर्वाधिक सस्तो ब्याजदरमा बजाज २२० एफ, दुई स्कीम पाइने

काठमाडौं । बजारमा ब्याजदर बढेसँगै मोटरसाइकल होस् वा कार किन्ने मानिसले १३ देखि १७ प्रतिशतसम्म ब्याजदर तिर्नु पर्ने अवस्था आएको छ । विशेषत मोटरसाइकल खरिद गर्ने ग्राहकलाई बैंकले कर्जा उपलब्ध नगराउने भएको कारण फाइनान्स वा इन्भेष्टमेन्ट कम्पनीबाट कर्जा लिँदा १७ प्रतिशतसम्म ब्याजदर पर्छ ।

तर, बजाजको आधिकारीक वितरक कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले भने सर्वाधिक सस्तो १२ प्रतिशत व्याजदरको स्कीम संचालन गरिरहेको छ । यसअघि ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई दिइने सून्य प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत बनाइएको छ । बैंकले गाडीमा दिनेभन्दा पनि सस्तो ब्याजदरमा बजाजका मोटरसाइकल खरिद गर्न सकिन्छ ।

साथै, कम्पनीले डाउन पेमन्टको लागि २५ र ५० प्रतिशत गर्दा पुग्ने दुई फरक स्कीम संचालनमा ल्याएको हो । ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले बाँकी रकम १८ महिनामा भुक्तानी गर्नु पर्ने हुन्छ । यसरी २२० एफ किन्ने ग्राहकले ६ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ ।

पल्सर २२० एफको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । यसरी किन्ने ग्राहकले १ लाख ९७ हजार ४५० डाउन पेमेन्ट वापत तिर्नु पर्छ । साथै, बाँकी कर्जा वापतको रकम मासिक ११ हजार ४९८ रुपैयाँको दरले १८ महिनासम्म तिर्नु पर्छ ।

यो स्कीमको मासिक किस्ता भुक्तानीको विषयमा थप जान्न यहाँ क्लिक गर्नुहोस्

कम्पनीले संचालन गरिरहेको अर्को स्कीम २५ प्रतिशत डाउन पेमेन्ट हो । २५ प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले बाँकी रकम २४ महिना भित्र मासिक किस्ताको आधारमा भुक्तानी गर्नु पर्ने हुन्छ ।

सुरुमा २५ प्रतिशत डाउन पेमेन्ट वापत ९८ हजार ७२५ रुपैयाँ तिर्नु पर्छ भने बाँकी २ लाख ९६ हजार १७५ रुपैयाँ हुलास फिनबाट कर्जा सुविधा लिन सकिन्छ । माथि नै उल्लेख गरे अनुसार १२ प्रतिशत ब्याजदरमा उक्त कर्जा सुविधा उपलब्ध हुने भएको कारण २४ महिनासम्म मासिक १३ हजार ९४२ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

यो स्कीमको मासिक किस्ता भुक्तानीको विषयमा थप जान्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top