काठमाडौं । महिन्द्राले स्कर्पियोलाई परिमार्जन सहित बजारमा ल्याएको छ । कम्पनीले भारतमा आज एक कार्यक्रम आयोजना गरी नयाँ स्कर्पियो बजारमा ल्याएको हो ।
एक महिना अघि कम्पनीले स्कर्पियो एन मोडल बजारमा ल्याएको थियो । अब कम्पनीले आफ्नो आइकोनीक स्कर्पियो मोडललाई परिमार्जन सहित बजारमा ल्याएको हो । महिन्द्रा एण्ड महिन्द्राले स्कर्पियो क्लासिक नाम दिएर ल्याएको छ ।
कम्पनीले यसअघि प्रयोग गरेको महिन्द्राको लोगो, फ्रन्ट ग्रिलमा परिवर्तन गरेको छ । स्कर्पियो क्लासिक मोडलमा अगाडि स्कर्पियो एन र एक्सयूी ७०० को भर्टिकल ग्रिल सलर्ट र बीचमा महिन्द्राको टुईन पीक लोगो प्रयोग गरेको छ ।
अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।

महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।
स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।

