काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिले बजाज पल्सर एन २५० र एन १६० वेभसाइटमा लिसिटङ भएसँगै मूल्यसमेत सार्वजनिक भएको छ । कम्पनीले आफ्नो वेवसाइटमा दुबै मोटरसाइकलको मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले निकै आक्रमक चितुवाको रुपमा यसलाई वेभसाइटमा देखाएको हो ।
नेपालमा बहुप्रतिक्षित मोटरसाइकल पल्सर एन २५० र एन १६० दुबै नेकेड स्पोर्टस् मोडलको रुपमा बजारमा आउने छ ।
पल्सर सेग्मेन्टमा नै सबैभन्दा पावरफुल इन्जिन रहेको नयाँ पल्सर एन २५० ले बजारमा सुजुकी जिक्सर २५० र यामाहा एफजेड २५ सँग सिधा प्रतिस्पर्धा गर्ने छ भने एन १६० ले अपाचे अराटीआर १६० फोर भी आरटीएफआई तथा हिरो एक्सट्रिम १६० आरसँग प्रतिस्पर्धा गर्नेछ ।
बजाज पल्सर एन २५० को मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ र एन १६० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । यी दुबै मोटरसाइकल डबल च्यानल एबीएसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।