काठमाडौं । कम मूल्यमा बजारमा आउने अनुमान गरिएको टाटा टिगोर ईभी सेप्टेम्बर २८ तारिखमा सार्वजनिक हुँदैछ । भारतमा टाटाको केही डिलरले यसको बुकिङ लिन सुरु गरेको समाचारहरु समेत बाहिर आएका छन् ।
सानो ह्याचव्याक र कम मूल्यमा आउने अपेक्षा गरिएको टियागो ईभीमा मल्टी–रिजेन ब्रेकिङ सिस्टम रहने बताइएको छ । साथै, टियागोमा क्रुज कन्ट्रोल पनि रहने छ । यसमा चालकले आफ्नो आवस्यकता अनुसार रिजेनेरेशन मोड छनोट गर्ने सुविधा पाउने छन् ।
टिगोर ईभीमा नभएको क्रुज कन्ट्रोल पनि टियागोमा ग्राहकले पाउने छन् । कम्पनीले टियागो ईभीलाई पनि जीप ट्रोन टेक्नोलोजीमा तयार गरेको छ । यसमा टिगोर ईभीको समान २६ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहने अनुमान गरिएको छ ।
टियागो ईभीमा पनि पीक पावर ५५ किलोवाट क्षमताको मोटर रहने छ । यसको रेन्ज टिगोरभन्दा केही बढी रहने अनुमान गरिएको छ । यसको विषयमा पनि कम्पनीको आधिकारीक धारणा बाहिर आएको छैन ।
टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कारको रुपमा बजारमा आउने टियागोमा अधिकांश फिचर पेट्रोलबाट चल्ने टियागोको जस्तै हुनेछ । यसमा विद्युतीय गाडीको लागि आवश्यक पर्ने फिचरहरु थप हुनेछ भने, पेट्रोलको लागि चाहिने फिचर हट्ने छ । यसको मूल्य टिगोर ईभीको तुलनामा १ देखि २ लाख रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।
भारतमा विक्री सुरु भएको केही महिना भित्रै सिप्रदी ट्रेडिङले टियागो ईभी नेपाल ल्याउने अनुमान गरिएको छ । यसको इन्टेरियरमा र टेक्नीकल फिचरको बारेमा पूर्ण जानकारी पाउन अझै एक हप्ता कुर्नु पर्ने हुन्छ ।

