फेसलिफ्ट हुन्डाई क्रेटा २०२३ को सुरूवातमै आउने 

काठमाडौं । भारत तथा नेपाली बजारमा सबभन्दा धेरै विक्री हुने मिडसाइज एसयूभी क्रेटा अब नयाँ अवतारमा आउने भएको छ ।

आगामी वर्षको सुरूवातमा क्रेटाको फेसलिफ्ट मोडल लन्च हुने भएको हो । हुन्डाईले क्रेटाको नयाँ डिजाइन गत वर्ष नै इन्डोनेसियाको बजारमा लन्च गरिसकेको छ । हुन्डाईले हालै मात्र भारतीय बजारममा नयाँ जेनेरेशनको टुसान, भेन्यू फेसलिफ्ट, भेन्यू एनलाइन सिरिज लन्च गरेको थियो ।

क्रेटाको नयाँ मोडलमा एडीएएस जस्तो प्रिमियम फिचर थप हुनेछ । यसका साथै एडीएएस बेसको सेफ्टी र असिस्टिभ टेकहरू एडप्टिभ क्रुज कन्ट्रोल, अटामेटिक इमर्जेन्सी ब्रेकिङ तथा ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम जस्ता थप फिचरहरू रहनेछ ।

इन्टेरियरमा पहिलाकै डिजाइनको ड्यासबोर्ड, सेन्टरकन्सोल भएता पनि यसमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा ब्लूलिङ्क कनेक्टिभिटी पाउन सकिनेछ ।

त्यस्तै, हुन्डाइले आफ्ना सबै एसयूभीलाई एकै डिजाइन ल्याङ्वेजको अवधारणा अन्तर्गत बनाउने जनाएको छ । अब लन्च हुने क्रेटामा पनि फ्रन्ट ग्रिल हुन्डाईको नयाँ जेनेरेशन टुसान र फेसलिफ्ट भेन्यूको जस्तै यूनिक प्यारामेट्रिक डिजाइनको हुनेछ ।

यसमा पनि निर्वाध रूपमा इन्ट्रीग्रेटेड एलइडी लाइटिङ सिस्टम, नयाँ लोअर पोजिसनको हेडलाइट, रिडीजाइन बम्पर, सार्प एलइडी लाइट, आकर्षक टेलगेट, नयाँ डिजाइनको अलोय ह्वील आदि परिवर्तन पाउन सकिनेछ । नयाँ क्रेटामा पूरा नै प्ल्याटफर्ममा बन्ने भएकाले यसको डायमेन्सनमा भने कुनै परिवर्तन हुने छैन ।

फेसलिफ्ट क्रेटामा पहिलाको जस्तै १.५ लिटरको फोर सिलिण्डर डिजल र पेट्रोल तथा १.४ लिटरको टर्बो पेट्रोल इन्जिन अप्सन रहने छ ।


Back_to_top