बजाजले १५० सीसी सेग्मेन्टमा ल्यायो नयाँ मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

काठमाडौं । बजाज अटोले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजाज पल्सर पी १५० सार्वजनिक गरको हो ।

कम्पनीले बजाज पल्सर पी १५० को मूल्य १ लाख १६ हजार ७५५ रुपैयाँ एक्स शोरुम मूल्य निर्धारण गरेर सार्वजनिक गरेको हो ।

यो मोटरसाइकल पल्सर १५० र एन १६० को बीचका ग्राहकलाई लक्षित गरेर कम्पनीले ल्याएको छ । पल्सर पी १५० बजाज पल्सरभन्दा केही पावरफुल इन्जिन दिइएको छ ।

पल्सर पी १५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ भने यसले १४।५ पीएस पावर र १३।५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसमा १४ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले पल्सर १५० मा रहेको डबल सस्पेन्सनलाई मोनोशक सस्पेन्सनले रिप्लेस गरेको छ भने, फ्रन्टमा ३१ एमएम टेलिस्कोपिक सस्पेन्सन दिएको छ ।

कम्पनीले पी १५० मा ड्रम तथा डबल डिस्क ब्रेक तथा सिंगल सिट तथा स्प्लीट सिट दुवै अप्सन दिएको छ । यी दुवै भेरियन्टमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

बजाज अटोले पल्सर पी १५० मा धेरै जस्तो फिचर पल्सर एन १६० बाट लिएको छ । यसमा एन १६० कै सेमि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ जसमा, गियर इन्डिेकटर, रेन्ज इन्डिकेटर पाउन सकिन्छ । त्यस्तै, यसमा फुल एलइडी प्रोजेक्टर हेडलाइट, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर पाउन सकिन्छ ।

पी १५० को बेस भेरियन्टको मूल्य १ लाख १६ हजार ७५५ र टप भेरियन्टको मूल्य १ लाख १९ हजार ७५७ रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top