नेपाल आयो कोरोला क्रस हाइब्रिड, यस्तो छ मूल्य

काठमाडौं । टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डकेट प्रालिले कोरोला क्रस हाइब्रिड नेपाल ल्याएको छ । कम्पनीले हाइब्रिड भेहिकलको प्रयोग गर्दै इन्धन बचत र वातावरण प्रदुषण कमगर्न सहयोग गर्ने उद्देश्यले कोरोला क्रस हाइब्रिड नेपाल ल्याएको जनाएको छ ।

टोयोटा नेपालको वेभ साइटमा इलेक्ट्रीफाइड थप गरेर नयाँ भेहिकलहरु समावेस गरेको छ । कम्पनीले स्ट्रङ हाइब्रिड टेक्नोलोजीमा आधारीत कोरोला क्रस नेपाल ल्याएको हो ।

कोरोला क्रसमा १७९८ सीसी क्षमताको फोर सिलिण्डर हाइब्रिड इलेक्ट्रीक, इनलाइन, १६ भल्भ डिओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले ९७ ब्रेक हर्स पावर र १४२ एनएम टर्क प्रदान गर्छ । यसको माइलेज १५ देखि २० किलोमिटरसम्म हुने जनाएको छ ।

टोयोटाले कोरोला क्रसमा किनेल मेटल हाइब्रिड (एनआई एमएच) ब्याट्री दिएको छ । यसमा रहेको इलेक्ट्रीक मोटरले ५३ किलोवाट मोटर र १६३ एनएम टर्क प्रदान गर्छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आधारित कोरोला क्रसमा पावर स्टेरिङ, १८ इन्चको आल्मुनियम ह्वील, ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, ८ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक एसी, ६ वटा स्पीकर, लेदर सिट पाउन सकिन्छ ।

टोयोटा कोरोला क्रसमा सुरक्षाको लागि भेहिकल स्टेविलिटी कन्ट्रोल, एबीएस, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, इमर्जिन्सी स्टप सिग्नल, टायर प्रेसर मोनिटर, ७ एयरव्याग पाउन सकिन्छ । कम्पनीले यसको मूल्य १ करोड ६५ लाख रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।


Back_to_top