पेट्रोल किन्ने पैसा बचाएर सजिलै किस्ता तिर्न सकिने इलेक्ट्रीक कार

काठमाडौं । अहिले दैनिक ४० देखि ५० किलोमिटर हाराहारी यात्रा गर्ने मानिसले पेट्रोल कारमा मासिक १६ हजार रुपैयाँ हाराहारी खर्च गर्नुपर्ने हुन्छ । तर, त्यही मूल्यको विद्युतीय कार किन्ने हो भने त्यसमा करिब मासिक १६ हजार रुपैयाँ हाराहारी थप गर्दा मासिक किस्ता तिर्न पुग्छ ।

दैनिक ४० देखि ५० किलोमिटर यात्रा गर्ने मानिसले ४० यूनिट बिजुलीले एक हप्ता यात्रा गर्न सक्ने छन् । अहिले बजारमा उपलब्ध ३७ लाख ९९ हजार मूल्यको नेटा भी क्रसओभरले सिंगल चार्जमा ३८० किलोमिटर रेन्ज दावी गरिरहेको छ । यसमा रहेको ३८.५ किलोवाट क्षमताको ब्याट्री फुल चार्ज गर्न ३८.५ यूनिट बिजुली खर्च हुन्छ ।

आफ्नै घरको बिजुलीबाट चार्ज गर्न सकिने भएको कारण एक हप्तामा ४०० रुपैयाँभन्दा कमको बिजुली खर्च हुन्छ । जुन मासिक रुपमा औषत १६ सय रुपैयाँ हाराहारी लाग्छ । यो रकम पनि पेट्रोल खर्चबाट घटाउनु पर्दैन । पेट्रोल गाडीको सर्भिसिङमा औसत २ हजार रुपैयाँ खर्च आउँछ । त्यही खर्चले बिजुलीको पैसा तिर्न पुग्छ ।

अहिले सीजीले विक्री गर्दै आएको नेटा भी पेट्रोल गाडी जस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकलाई ब्याज कम तिर्दा पुग्छ । सीजी मोटर्सले नेटा भीको सप्लाइ बढाएको छ । सप्लाई बढाएसँगै बुकिङ गर्ने वित्तिकै सबै प्रोसेर पूरा गरेर जाने ग्राहकले आफ्नो छनोटको कलरमा गाडी किन्न पाउने छन् ।

५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १८ लाख ९९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्छ भने त्यति नै रकम ७ वर्षको लागि कर्जा सुविधा पाउने छन् । अहिले ईभीमा नबिल बैंकले १२.९९ प्रतिशत ब्याजदरमा कर्जा दिनै स्कीम चलाई रहेको छ । यो स्कीममा नेटा भी किन्ने ग्राहकले मासिक ३४ हजार ५४५ रुपैयाँ मासिक किस्ता तिर्दा पुग्छ । यदि पेट्रोलको रकम १६ हजार बचत भएको छ भने १८ हजाभन्दा केही बढी रकम थपेर मासिक किस्ता गर्न सकिन्छ ।

साथै, तपाईसँग डाउन पेमेन्ट बापत बुझाउने ५० प्रतिशत रकम छैन भने पनि २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर पनि ईभी किन्न पाइन्छ । जुन स्कीम नेटा भीमा पनि उपलब्ध हुनेछ ।

यस्तो छ नेटा भी

नेटा भी क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले यसलाई अब्बल बनाएको छ ।

कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सीजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । सीजी मोटरले हरेक नेटा भी खरिद गर्ने ग्राहकलाई बीमा र एउटा ६.६ किलोवाटको चार्जर उपलब्ध गराउने जनाएको छ । यसमा अन बोर्ड चार्जर भने ३.३ किलोवाट क्षमाताको आउने छ ।


Back_to_top