काठमाडौं । बजाज अटोले आफ्नो इन्ट्राग्राम पेजमा नयाँ मोटरसाइकलको तस्विर हालेर अनुमान लगाउन भनेको छ । कम्पनीले हल्का देखिनेगरि मोटरसाइकलको तस्विर राख्दै त्यसमाथि लेखेको छ, ‘क्यान यू गेस दि न्यूएस्ट स्ट्रीट मेसिन ?’
कम्पनीले गरेको यो पोष्टसँगै नयाँ मोटरसाइकल तयार भएको अनुमान लगाउन सकिन्छ । कम्पनीले नयाँ जेनेरेशन पल्सरमा २५० सीसी क्षमताको इन्जिन प्रयोग गर्ने यसअघि नै विभिन्न रिपोर्टहरु सार्वजनिक भएका थिए ।
बजाजले नयाँ ल्याउन लागेको पल्सर २५० र पल्सर एनएस २५० भएको अनुमान गर्न सकिन्छ । नयाँ पल्सर सिरिज सेमी फियरिङ डिजाइनको साथ बजारमा आउने भनिएको थियो । यद्यपी कम्पनीले सार्वजनिक गरेको तस्विरलाई नै आधार मानेर यस्तो नै मोटरसाइकल ल्याउन लागेको हो भन्ने एकिन गर्न भने सकिदैन ।
यसअघि विभिन्न समयमा भारतीय सडकमा परिक्षणको क्रममा देखिएको मोटरसाइकललाई आधार मान्ने हो भने नयाँ मोटरसाइकल पल्सर र एनएस सिरिजको माथिल्लो मोडल रहेको दावी गर्न सकिन्छ ।


