करिब एक वर्ष अगाडि मिडियाको प्रश्नमा बजाज मोटरसाइकलका एमडी राजीव बजाजे भनेका थिए ‘रोयल इन्फिल्ड’ले स्कुटर बनाए बजाजले पनि बनाउँछ । बजाजले यस्तो दाबी गरेपछि कम्पनीले स्कुटर ल्याउँदैन भन्ने चर्चा चुलिएको थियो ।
केही समय अगाडि पुनः राजीवले इलेक्ट्रीक स्कुटर अर्वानाइट चाँडै बजारमा आउने जानकारी दिएका थिए । अब भने कम्पनीले अर्वानाइट पेट्रोल इन्जिनको स्कुटर टेष्टीङ गरिरहेको रसलानेले तस्विर सहितको रिपोर्ट सार्वजनिक गरेको छ ।
सिंगल साईड फ्रन्ट सस्पेन्सन सहित देखिएको अर्वानाइटलाई कम्पनीले रेट्रो स्टाइलमा ल्याउने अनुमान लगाउन सकिन्छ । उक्त बाहिर आएको स्पाई तस्विरमा स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक दिइएको छ । कम्पनीले यसमा ड्रम ब्रेक पनि दिने अनुमान गरिएको छ ।
पेन्टागन सेप्ड कर्भि डिजाइनमा उक्त स्कुटर आउन सक्ने देखिएको छ । यसको इन्ट्रुमेन्ट कन्सोल सेमीडिजिटल रहने छ । कम्पनीले यसमा कुन पावर ट्रेन दिएको छ भन्ने विषयमा अहिलेसम्म केही खुलाएको छैन ।
यद्यपी यसमा १२५ सीसीको इन्जिन रहने अनुमान गरिएको छ । यसले बजारमा होन्डा ग्रजिया, टीभीएस एनटर्क र सुजुकी बर्गम्यान स्ट्रीटसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
बजाजले अर्वानाइट इलेक्ट्रीक स्कुटरलाई दिल्ली अटो शो २०२० मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । दिल्ली अटो शो २०२० फेब्रुअरीमा हुनेछ ।


