१३२ किलोमिटर रेन्ज भएको स्मार्ट इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । भारतीय बजारमा १३२ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ब्याःट्रीले ‘स्टोरी’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले यो स्कुटर ९० हजार एक्स सोरुम मूल्य निर्धारण गरेर विक्री सुरू गर्ने भएको हो । केही समयभित्र नै भारतका ३०० सहरहरूमा ४०० डिलरमार्फत यो स्कुटर विक्री सुरू हुने कम्पनीले जनाएको छ ।

ब्याःट्री स्टोरीमा लुकास टीभीएस मोटर र कन्ट्रोलर रहेको छ । यसमा एआइएस १५६ प्रमाणित ३.१ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यो स्कुटरलाई एकपटक फुलचार्ज गरेर १३२ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ । यसालाई आइसीएटीले समेत प्रमाणित गरेको छ ।

यो स्कुटरमा स्मार्ट स्पीडोमिटर सहितको ब्लुटूथ केनक्टिभिटी भएको इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । यसमा टर्न वाइ टर्न नेभिगेशन, कल अलर्ट, एसएमएस अर्लट, चार्जिङ स्टेशन लोकेट, अन्डर सिट स्टोरेज, डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top