ठूला बाइकको विकल्पमा ४ लाखभन्दा कम मूल्यमा पाइने मोटरसाइकल

काठमाडौं । बजेटले ठूला मोटरसाइकलमा लाग्ने कर वृद्धि गरेसँगै मोटरसाइकलको मूल्यपनि निकै बढ्ने देखिएको छ । सरकारलृ बढाएको कर २०० सीसी माथिका साधनमा धेरै पर्ने भएपनि त्योभन्दा कम क्षमताका मोटरसाइकलमा करको असर परेको छैन ।

बजेटले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार दर परिवर्तन गरेपछि केही ठूला मोटरसाइकल किन्ने योजना बनाएका मानिसले पनि साना मोटरसाइकल खोज्ने अवस्था आएको छ ।

त्यसैले आज हामीले नेपाली बजारमा उपलब्ध ४ लाखभन्दा कम मूल्यका र ठूला मोटरसाइकलको उत्कृष्ट विकल्प बन्न सक्ने मोडलको विषयमा यहाँ चर्चा गरेका छौं ।

बजाज पल्सर एनएस २००

बजाज पल्सर एनएस २०० नेपाली युवाहरुको मन जित्न सफल मोटरसाइकल हो । नेपाली सडकमा सबैभन्दा धेरै गुड्ने २०० सीसीको मोटरसाइकल एनएस २०० नै हो । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाचन्द एण्ड कम्पनीले विभिन्न ३ भेरियन्टमा विक्री गर्दै आएको छ ।

एनएसको सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँदेखि ३ लाख ९५ हजार ९०० रुपैयाँसम्म रहेको छ ।

बजाज एनएस २०० मा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।

यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन शक एब्जर्बर र रियरमा निट्रोक्स मनोशक एब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ ।

यसको टपस्पीड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

अपाचे आरटीआर २०० फोर भी

अपाचे आरटीआर २०० फोर भी २०० सीसी सेग्मेन्टमा नै फिचर लोडेड मोटरसाइकल हो । यो मोटरसाइकलको मूल्य ४ लाख रुपैयाँभन्दा कम नै रहेको छ ।

जगदम्वा मोटर्सले नेपाली बजारमा आरटीआर २०० फोर भी बीएस ६ लाई ३ लाख ९८ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।

यो मोटरसाइकलमा १९७.८ सीसी सिंगल सिलिन्डिर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यसले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ, भने ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच छ ।

त्यसैगरी नयाँ आरटीआर २०० फोर भीमा एडजष्टेवल क्लच तथा ब्रेक लिभर, स्लीपर क्लच, स्मार्ट कनेक्ट, एबीएस, रेडियल टायर, एलइडी हेडल्याम्प, एलइडी डिआरएल जस्ता फिचर समावेस रहेको छ ।

यामाहा एफजेड एस भी ३ एक्स कनेक्ट

यामाहाको सर्वाधिक सफल मोटरसाइकल एफजेडएस भी थ्री ४ लाखभन्दा कम मूल्यमा पाइने अर्को मोटरसाइकल हो । यामाहाका मोटरसाइकलहरु माइलेज र कम्र्फटका रुपमा नेपाली बजारमा परिचित रहेका छन् ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमडब्लू इन्टरप्राइजेजले यामाहा एफजेडएस एक्स कनेन्टको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।

यो मोटरसाइकलमा १४९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पीएस पावर र १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
यसमा सिंगल च्यानल एबीएस, १७ इन्चको टायर, अगाडि टेलिस्कोपीक फर्क र पछाडि एड्जस्टेवल मोनोक्रस सस्पेन्सन पाउन सकिन्छ ।


Back_to_top