सस्तो मूल्यमा धेरै माइलेज दिने यी ३ उत्कृष्ट बाइक, तपाईको रोजाइमा कुन ?

काठमाडौं । बजारमा १०० सीसीदेखि  १२५ सीसी सेग्मेन्टको मोटरसाइकलहरु धेरै ब्रान्डले बिक्री वितरण गरिरहेका छन् । यो सेग्मेन्टमा ११० सीसी इन्जिन भएका मोटरसाइकलले सबैभन्दा बढी माइलेज दिने गरेका छन् । 

माइलेज कै करण यी बाइकहरु चढ्नेको ठूलो संख्या रहेको छ । धेरै मानिसले किन्दापनि कम मूल्य र इन्धनमापनि किफायति भएकै कारण यो सेग्मेन्टमा बायक उत्पादन गरिरहेका हुन्छन् । 

त्यसोत ११० सीसी सेग्मेन्टमा विशेष गरेर मोटरसाईकलको भन्दा स्कुटरको बाहुल्यता रहेको छ । यहाँ हामीले ११० सीसी इन्जिन दिइएको मोटरसाइकल मध्ये नेपाली बजारमा उपलब्ध ३ वटा मोडलको बारेमा उल्लेख गरेका छौं । 

टिभीएस स्टार सिटी

टिभीएसले आफ्नो चर्चित ११० सीसी मोटरसाइकल स्टार सिटीको अपग्रेडगरि बजारमा सार्वजनिक गरेको छ । २०१८ स्टार सिटीमा नयाँ कलर अप्शन र नयाँ ब्रेकिङ सिस्टमसमेतको अपडेट गरिएको छ । 

यस मोटरसाइकलमा ११० सीसी सिंगल सिलिन्डर, फोर–स्ट्रोर्क इकोथ्रस्ट इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले ८.४ पीएस पावर र ८.७ एनएम टर्क उत्पादन गर्छ । 

यस मोटरसाइकलमा ४ स्पीड गियरबक्स जडान गरिएको  छ । स्टार सिटीमा कम्पनीको सिंक्रोनाइज्ड ब्रेकिङ सिस्टम (एसबीटी) प्रयोग गरिएको छ । यस सिस्टमको तल फ्रन्ट र रियरमा कम्बाइन्ड ब्रेकिङ दिइएको छ । यसका साथै बाइकमा राइडरको सुरक्षाका लागि सुपिरियर ब्रेकिङ कन्ट्रोल दिइएको छ । दैनिक प्रयोजनका लागि यो मोटरसाइकल उत्तम मानिने गरेको छ । यसको नेपाली बजारमा मूल्य १ लाख ६२ हजार ९ सय रुपैयाँ रहेको छ । यो बाइक सेग्मेन्टमै उत्कृष्ट प्रतिलिटर ८६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । 

महिन्द्रा सेन्टेरो 

महिन्द्राको सेन्टेरो ले आफ्नो ११० सीसी सेगमेन्टलाई बलियो बनाएको छ । यस मोटरसाइकलमा ग्राहकहरु आकर्षित भैरहेका छन् । दैनिक प्रयोजनका लागि यो मोटरसाइकल छनौट गर्न सकिन्छ । 

यस मोटरसाइकलमा १०६.४ सीसीको एमसीआइ ५, सिंगल सिलिन्डर ४ स्ट्रोक एयर कूल इन्जिन लगाइएको छ, जसले ८.५ पीएस पावरका साथै ८.५ एनएम टर्क उत्पादन गर्छ । यस मोटरसाइकलमा ४ स्पिड गियर बक्स लगाइएको छ । बजारमा महिन्द्रा सेन्टेरोको मूल्य १ लाख ५७ हजार ९०० रुपैयाँ पर्छ । यो बाइकले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । 

यामाहा सलुटो आरएक्स

यामाहाको सलुटो ११० सीसी सेग्मेन्टको राम्रो मोटरसाइकल हो । यसको इन्जिन पनि निकै शक्तिशाली रहेको छ भने यसको डिजाइन सामान्य छ । सामान्य डिजाइनको मोटरसाइकल प्रयोग गर्न चाहने ग्राहकका लागि यो मोटरसाइकल उपयुक्त हुन्छ भने दैनिक प्रयोजनका लागि उत्तम हुन्छ । आरामदायी बनाउनका लागि यस मोटरसाइकलमा लामो सिट राखिएको छ । 

यस मोटरसाइकलमा ११० सीसी इन्जिन लगाइएको छ, जसले ७.५ पीएस पावरका साथै ८.५ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ४ स्पिड गियरबक्स जडान गरिएको छ । यो बाइक नेपाली बजारमा आउने क्रममा रहेको यामाहाको लागि नेपालको आधिकारीक वितरक मोरङ अटो वर्कसले जनाएको छ । कम्पनीका अनुसार यो बाइकले ८२ किलोमिटर माइलेज दिने छ । 


Back_to_top