काठमाडौं । सवारी चालकले जुत्ता नलगाई सवारीसाधन चलाएको पाइएमा लाइसेनसनै खारेज हुने भएको छ ।
ट्रफिक प्रहरीले नयाँ नियम लागु गर्दै सवारी साधन चलाउँदा जुत्ता नलगाएको पाईएमा लाईसेन्सनै खारेज गर्ने नयाँ नियम लागु गरेको हो । विशेषत दुर्घटना न्यूनिकरणको लागि ईलाम ट्राफिक प्रहरी कार्यलयले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो ।
इलाम यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो । दसै, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने हुँदा यस्तो नियम ल्याएको समितिले जनाएको छ ।
चालकले सवारीसाधन चलाउदा जुत्ता नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।


