भावना बिजनेश लिंकले भित्र्यायो प्रिमियम हेलमेट काबर्ग

काठमाडौं । इटालियन प्रिमियम ब्राण्ड काबर्ग नेपाली बजारमा भित्रिएको छ । अटोमोबाइल स्पेयर्स पाटर्स बिक्रेता भावना बिजनेश लिंकले काबर्गका हेलमेट नेपाल भित्र्याएको हो ।

काबर्ग एक प्रख्यात इटालियन ब्राण्ड हो । यसका आकर्षक डिजाइनका हेलमेटले अत्याधुनिक सुरक्षा प्रदान गर्दछ ।

अत्याधुनिक सुरक्षा र विभिन्न सुविधाहरूको साथ अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गरेर निमार्ण भएको काबर्ग हेलमेटले राइडहरूलाई उच्चस्तरको सुरक्षा र आराम प्रदार्न गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले फुलफेसदेखि मोड्युलर हेल्मेटसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top