महिन्द्रा थारले पूरा गर्यो २ लाखको माइलस्टोन

काठमाडौं । महिन्द्राको लाइफ स्टाइल एसयूभी थारको बिक्री २ लाख युनिट पूरा भएको छ । सन् २०२० को अक्टोबरमा लन्च भएको भएको दोस्रो जेनेरेसनको थारले ४ वर्षमा २ लाख युनिटको माइलस्टोन पूरा गरेको हो ।

सन् २०२४ को अक्टोबरसम्म थारको थ्रीडोर र फाइभ डोर रक्सको कुल बिक्री २ लाख ७ हजार ११० युनिट रहेको छ । थारको बिक्री वर्षैपिच्छे बढ्दै गएको छ ।

महिन्द्रा थार आव सन् २०२१ मा १४ हजार १८६ युनिट, आव २०२२ मा ३७ हजार ८४४ युनिट, आव २०२३ मा ४७ हजार १०८ युनिट र आव २०२४ मा ६५ हजार २४६ युनिट बिक्री भएको थियो । चालु आव २०२५ को ७ महिना (२०२४ को अप्रिलदेखि अक्टोबरसम्म) ४२ हजार ७२६ युनिट बिक्री भएको छ । गत आवमा थारको बिक्रीमा ६५ प्रतिशतको वृद्धि भएको हो ।

थारको बिक्री संख्याका कारण महिन्द्राको सेप्टेम्बर र अक्टोबरमा मासिक ५० हजार भन्दा धेरै गाडी बिक्री गर्न सफल भएको छ । महिन्द्राको पोर्टफोलियोमा थारको बिक्री १५ प्रतिशतको हाराहारीमा रहेको छ ।

पछिल्लो समयमा फाइभ डोर थार रक्सको लन्चिङसँगै थारको बिक्रीमा उछाल आएको देखिन्छ । थारको सेकेण्ड जेनेरेसन लन्च भएपछि अफरोडिङका साथै दैनिक कामकाजमा समेत थारको प्रयोग हुन थालेको हो ।

सेकण्ड जेनेरेसन थारमा अफरोड क्यापाबिलिटीको साथै मोर्डन इन्टेरियर, लेटेस्ट टेक्नलोजीका फिचरहरू तथा अटोमेटिक ट्रास्मिसन समेत रहेको छ ।

महिन्द्राको थारको माग अत्याधिक भएको कारण कम्पनीले उत्पादन क्षमता समेत बढाउने भएको छ ।  हाल मासिक ६ हजार ५०० युनिट उत्पादन भइरहेकोमा चाँडै नै मासिक ९ हजार ५०० थार उत्पादन गर्ने योजना बनाएको हो । अहिले महिन्द्रा थारको ‘वेटी पिरियड’ ३ महिनासम्म रहेको छ ।


Back_to_top