अपाचे आरटीआर १६० फोर भीको प्रिमियम भर्सन सार्वजनिक

काठमाडौं । अपाचे आरटीआर १६० फोर भीको प्रिमियम भर्सन सार्वजनिक भएको छ । कम्पनीले अपाचे आरटीआर १६० फोर भीको नयाँ भर्सनमा गोल्डेभ यूएसडी फर्क दिएको हो ।

टीभीएसले यूएसडी फर्क भेरियन्टको एक्स शोरुम मूल्य १ लाख ४० हजार भारतीय रुपैयाँ तोकेको छ । यो सेग्मेन्टमा बजाजले एन १६० को मूल्य १ लाख ४० हजार र हिरोले एक्स्ट्रीम १६० फोर भीको मूल्य १ लाख ३९ हजार एक्स शोरुम मूल्यमा बिक्री गर्दै आएको छ ।

यो सेग्मेन्टमा हिरो र बजाजले यूएसडी फर्कसहितको मोटरसाइकल बिक्री गर्दै आएकोमा टीभीएसले समेत अपाचे आरटीआर १६० फोर भीमा गोल्डेन यूएसडी फर्क दिएको हो ।

टीभीएसले यूएसडी फर्क भेरियन्टको मूल्य डबल च्यानल एबीएस फोर भीको तुलनामा ५२० भारतीय रुपैयाँ मात्र महँगो छ । कम्पनीले यसमा यूएसडी फर्कको अलावा अन्य कुनै परिर्वतन गरेको छैन् ।

यो मोटरसाइकलमा पुरानै इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा १५९।७ सीसी सिंगल सिलिण्डर, आयल कुल्ड, फोर भी इन्जिन रहेको छ । यो इन्जिनले १७।५५ बीएच पावर र १४।७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा अर्बन, स्पोर्टस र रेन मोड पाउन सकिन्छ ।


Back_to_top