यी फिचर छैनन् भने नकिन्नुस् उच्च क्षमताका मोटरसाइकल

काठमाडौं । युवाहरुको सबैभन्दा बढी रोजाइमा पर्ने पावर प्याक मोटरसाइकल हो । उनिहरुले देख्दा स्टाइलिस र पावरको हिसावले उत्कृष्ट मोटरसाइकल भन्ने सोचका साथ महंगो मोटरसाइकल किन्ने गर्छन् ।

यस्ता महंगा मोटरसाइकल छनोट गर्दा सबैभन्दा बढी हेर्नु पर्ने ५ विषय हुन्छन् । जसले मोटरसाइकलको आयु, पावर, पर्फमेन्स जस्ता विषयमा सहयोग पुर्याउने गर्छन् । त्यसैले युवाहरुले पावरफुल मोटरसाइकल किन्दा निम्न ५ कुरामा ध्यान दिने हो भने पछिसम्म पछुताउनु पर्ने छैन ।

पर्फमेन्स टायरः यस्ता ठूला पर्फमेन्स बाइकहरुमा इन्जिनले अधिक पावर प्रदान गर्ने हुँदा यसमा दिइने टायर उत्कृष्ट क्वालिटीको हुनुपर्छ । उच्च पर्फमेन्स थेग्नु पर्ने भएकाले यस्ता टायरलाई पर्फमेन्स टायर भनिन्छ । यस्ता टायरहरु उच्च गुणस्तरको रबरको प्रयोगबाट बनेका हुन्छन् । जुन साधारण टायरको तुलनामा महंगो र गुणस्तरिय हुने छन् । महंगा बाइक हरुमा मिचेलीन, पिरेली जस्ता टायर प्रयोग हुने गर्छ । यी कम्पनीका टायर उत्कृष्ट हुने गर्छ ।

मोर्डन डिस्क ब्रेकको साथ डबल च्यानल एबीएसः पर्फमेन्स मोटरसाइकलको स्पीड अत्याधिक हुन्छ । त्यसलाई चालकले सहजै नियन्त्रणमा पाउन ब्रेकिङ सिस्टम चुस्त हुन जरुरी हुन्छ ।

मोटरसाइकलमा सबैभन्दा राम्रो सुरक्षा फिचर भनेकै त्यसको डिस्क ब्रेक र एबीएस हुने भएकाले तपाईले पर्फमेन्स बाइक किन्दा यी फिचर छैनन् भने नकिन्दा बेस हुन्छ । ब्रेम्बो, बश जस्ता कम्पनीका डिस्क ब्रेक उत्कृष्ट हुने गर्छ ।

लिक्विड कुल्ड इन्जिनः वायूमण्डलमा भएको हावाको भरमा पर्फमेन्स मोटरसाइकल चलाउनु उपयुक्त मानिदैन । ठूला क्षमताका मोटरसाइकलले धेरै शक्ति प्रदान गर्ने हुँदा यस्ता मोटरसाइकललाई लिक्विड कुल्ड इन्जिनको आवस्यकता पर्छ ।

केही कम्पनीले भने एउटै मोडलमा पनि एयर कुल्ड र लिक्विड कुल्ड दुबै इन्जिन प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यस्ता मोटरसाइकल किन्दा सधै लिक्विड कुल्ड तथा एयरकूल्डको कम्बीनेसन भएको इन्जिन छनोट गर्ने गर्नु पर्छ ।

मोर्डन च्याचिस र सस्पेन्सनः कन्ट्रोल विनाको पावरले दुर्घटना मात्रै निम्तयाउने गर्छ । त्यसको लागि च्याचिसको भूमिका निकै महत्वपूर्ण हुने गर्छ । त्यसैले पर्फमेन्स मोटरसाइकल छनोट गर्दा रोवष्ट, ट्रेलिस टाइप, ट्वीन स्पार्क वा रोवष्ट फ्रेम मोर्डन च्याचिस भएको मोटरसाइकल किन्नु पर्छ ।

त्यस्तै सस्पेन्सनले आरामदायी यात्रामा सघाउ पुर्याउने भएकाले अगाडि अपसाइड डाउन फर्क र पछाडि स्वीङ आर्म फर्क भएका मोटरसाइकल उत्कृष्ट मानिन्छ । राम्रो सस्पेन्सनले मोटरसाइकललाई कर्नरिङमा मद्धत गर्छ । अझ महंगा मोटरसाइकलमा फुल्ली इलेक्ट्रोनिक सस्पेन्सन भएका बाइकहरु उत्कृष्ट मानिन्छ ।

एरो डाइनामिक इफिसेन्सीः उच्च पर्फमेन्स मोटरसाइकलहरु कम तोलमा डिजाइन गरिएका हुन्छन् । यस्ता मोटरसाइकल एरोडाइनामिकल्ली आउन सक्ने हावाको बहावलाई सजिलै पन्छाउन सक्ने किसिमले डिजाइन भएका हुन्छन् । रेसिङ मोटरसाइकहरुमा कम्पनीले एरोडायनामीक डिजाइनमा प्रमुख ध्यान दिने गर्छ । त्यसैले साधारण बाइकको जस्तो प्रविधि पर्फमेन्स बाइकमा लागु हुने छैन ।


Back_to_top