यी हुन् नयाँ वर्ष २०७७ काे सुरुवातमा नेपाल आउने नयाँ मोटरसाइकल

काठमाडौं । हामी अहिले दोस्रो हप्ताको लकडाउनमा प्रबेश गरेका छौं । चीनबाट सुरु भएको कोरोना भाइरसको कारण संसारभरका धेरै देशमा लकडाउन भइरहेको छ । यस्तोमा हरेक व्यवसाय अहिले बिरामी अवस्थामा रहेका छन् ।

लकडाउन सकिने प्रतिक्षामा र कोरोनाको महामारी नेपालमा फैलन नदिन सबै सचेत रहेका छन् ।

यस्तोमा लकडाउन सकिएपछि नेपालमा ल्याउने तयारीमा रहेका मोटरसाइकलहरु सार्वजनिक हुने छन् । अहिले बजाज, यामाहा, टीभएस र हिरोले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

बजाजले नेपाली नेपाली बजारमा डामिनार २५० मोटरसाइकल सार्वजनिक गर्नेछ भने यामाहाले रेजेडआर १२५ स्कुटर बजारमा ल्याउने छ ।

त्यसैगरि टीभीएसले अपाचे आरटीआर १६० फोर भी एबीएस सहित बजारमा ल्याउने छ । हिरोले पनि नयाँ मोटरसाइकल एक्स्ट्रीम १६० आर बजारमा ल्याउने छ ।

बजाज डोमिनार २५०

बजाजको २५० सीसी सेग्मेन्टको पहिलो मोटरसाइकल डोमिनार २५० नेपाल ल्याउन तयारी सुरु गरिएको मोटरसाइकल हो । समय अनुकुल रहेको खण्डमा यही आर्थिक वर्षमा यो मोटरसाइकल आउने छ ।

हंशराज हुसाचन्द एण्ड कम्पनीले नेपाली बजारमा ल्याउने बजाज डोमिनार २५० मा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

यामाहा रेजेडाआर १२५

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्ल्युले यामाहाको नयाँ स्कुटर नेपाली बजार भित्र्याउने तयारी गरिरहेको छ । केही दिनअघि एनम्याक्स १५५ र फेसिनो १२५ नेपाल ल्याएको कम्पनीले रेजेडआर १२५ ल्याउने छ ।

यसअघि ११० सीसी सेग्मेन्टमा बिक्री भइरहेको यामाहा रे जेडआर अब भने १२५ सीसी एफआई इन्जिनसहित नेपाल आउने छ । यामाहाले ११० सीसी सेग्मेन्टका आफ्ना स्कुटरको उत्पादन गरेर १२५ सीसीमा सार्वजनिक गरेको हो ।

नयाँ यामाहा रे जेडआरमा १२५ सीसी सिगंल सिलिन्डर एयरकूल्ड एफआई इन्जिन रहेको छ । यसमा दिइएको इन्जिनले ६५०० आरपीएममा ८ बीएच पावर तथा ५ हजार आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको कुल तौल ९९ केजी रहेको छ ।

कम्पनीका अनुसार रे जेडआर १२५ पहिलाभन्दा ३० प्रतिशत बढी पावरफुल रहेको छ । यसका साथै पुरानो फेसिनो भन्दा १६ प्रतिशत फ्यूल इफिसेन्ट रहेको छ । कम्पनीका अनुसार यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ ।

टीभीएस अपाचे १६० फोर भी एबीएस

टीभीएस अपाचे आरटीआर १६० ४ भीलाई एबीएस सहित बजारमा ल्याउने तयारी भइरहेको छ । यसमा एबीएस बाहेक अन्य कुनै मेकानिकल र कस्मेटिक परिमार्जन हुने छैन ।

जगदम्बा मोटर्सले नेपालमा बिक्री गर्दै आएको अपाचे १६० फोर भीमा १५९.७ सीसी सिगंल सिलिन्डर, आयल कूल्ड, ४ भल्भ इन्जिन रहेको यो । यो इन्जिनले ८ हजार आरपीएममा १६.८ पीस पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ ।

आरटीआर १६० ४भीमा डुअल टोन फिनिसिङ दिइएको छ । आर्कषक ग्रयावरेल, सिगंल पिस सिट, सिगंल पिस ह्यान्डलबार, एलइडी हेडल्याम्प जस्ता फिचर रहेको छ ।

हिरो एक्स्ट्रीम

हिरो मोटो कर्पले आफ्नो आधिकारीक वेभसाइटमा एक्स्ट्रीम १६० आरलाई लिस्टेड गरेपनि भारतमा लकडाउनको कारण यसको बिक्री सुरु हुन सकेको छैन । यसलाई कम्पनीले भारतमा बिक्री सुरु गरेको केही समयपछि नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ । नेपाल जनरल मार्केटिङले संभवत यो मोटरसाइकल आगामी भदौसम्ममा नेपालमा सार्वजनिक गर्ने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।


Back_to_top