लकडाउनमा गुडाइएका २ हजार ६७६ सवारी कारवाहीमा

काठमाडौं । लकडाउनका समयमा घरबाट बाहिर निस्कने २ हजार ६७६ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी माहाशाखाका अनुसार पछिल्ला दिनमा लकडाउन उल्घंन गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।

आजै बिहान १० बजेसम्ममा उपत्यका भित्र २०० मोटरसाइकल र १९ वटा चारपाङ्ग्रे सवारीसाधनलाई कारवाही गरिएको छ ।

पहिलो दिन चैत ११ गते सवारीचालकलाई सम्झाई बुझाई पठाइएकोले त्यस दिन कुनैपनि सवारीसाधनलाई कारवाही गरिएको थिएन । तर, त्यसको भोलिपल्टदेखि सवारीसाधनलाई कारवाही सुरु गरिएको हो ।

सबैभन्दा धेरै कारवाही चैत १२ गते गरिएको ट्राफिक माहाशाखाले जनाएको छ । शो दिन ९२९ मोटरसाइकल र १३४ कारहरुलाई कारवाही गरिएको थियो । यसरी कारवाहीमा परेका सावरी नियन्त्रमा लिएर बेलुका मात्र छाडिएको महाशाखाले जनाएको छ ।


Back_to_top