एफआई इन्जिनमा बुलेट ३५०, मूल्य बढ्ने निश्चित

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो बुलेट मोटरसाइकललाई नयाँ इन्जिनमा ल्याएको छ । कम्पनीले बुलेट ३५० र बुलेट एक्स ३५० गरि दुई मोडललाई बीएस ६ इन्जिनमा ल्याएको हो ।

बीएस ४ इन्जिन पुरै सोल्डआउट गरेर कम्पनीले बीएस ६ इन्जिनमा ल्याएकाले नेपालमा रहेको स्टक सकिएपछि बुलट नेपालमा पनि बीएस ६ मापदण्डको इन्जिनमा आउने छ ।

रोयल इन्फिल्डले बुलेटमा फ्यूल इन्जेक्सन (एफआई) सिस्टमसहितको इन्जिन दिएको छ । यसको एग्जस्टमा पनि केही परिमार्जन गरिएको छ । यी दुबै मोडलमा समान ३४६ सीसी सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १९.१ हर्स पावर र २८ एनएम टर्क प्रदान गर्छ ।

नयाँ इन्जिनले पुरानो बीएस फोरको तुलनामा केही पावर कम प्रदान गर्छ । बीएस ४ इन्जिनले १९.८ हर्स पावर प्रदान गथ्र्यो ।

कम्पनीले भारतमा बीएस ४ को तुलनामा बीएस ६ इन्जिनयुक्त बुलेटको मूल्य ९ हजार रुपैयाँ बढी राखेको छ । यसले नेपालमा पनि बुलेटको मूल्य बढ्ने निश्चित रहेको छ । संभवत नेपालमा ३० देखि ४० हजारले मूल्य बढ्ने छ ।

अहिले बजारमा बुलेटको मूल्य ४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top