काठमाडौं । पेट्रोलियम पदार्थको विकल्पमा नयाँ खोज सुरु भएको लामो समय भइसकेको छ । हरेक गाडी उत्पादक कम्पनीले अहिले इलेक्ट्रीक कार उत्पादनमा जोड दिदै आएका छन् ।
तर, केही कम्पनीहरु अहिलेपनि इलेक्ट्रीक कारको तुलनामा हाइड्रोजन फियूलसेल कारको भविष्य उत्कृष्ट रहेको दाबी गरिरहेका छन् ।
उनिहरुको दाबीलाई उपभोक्ताले पनि केही सपोर्ट गरिरहेको देखिएको छ । अहिले टोयोटाले मिराई र हुन्डाईले नेक्सो अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गरिरहेको हाइड्रोजन फियूलसेल गाडी हुन् ।
यस्तोमा बिएमडब्ल्यूले २०१९ फ्रयाङ्कफर्ट अटो शोमा देखाएको ‘एक्स ५’ को उत्पादनलाई तिब्रता दिएको जनाएको छ । यसलाई सन् २०२२ बाट बिक्री सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको बीएमडब्ल्यूले जानकारी दिएको छ ।
सून्य प्रदुषणको विश्वव्यापी नारालाई पुरा गर्न पनि हाइड्रोजन फियूलसेल कार आउनु पर्ने बिएमडब्ल्यूले जनाएको छ ।
बिएमडब्ल्यूका भाइस प्रेसिडेन्ट गार्जिन गोल्डनरका अनुसार सन् २०२५ पछि यस्ता फियूलसेल कारको मूल्य कम्बस्चन इन्जिनयुक्त कारभन्दा सस्तो हुनेछ । त्यसको प्रमुख कारण यसको टेक्नोलोजी र संख्यात्मक उत्पादनलाई मानिएको छ ।
गोल्डनरका अनुसार विश्वमा हाइड्रोजन फियूलसेलको उपयोग यो दशकको अन्त्यसम्ममा अत्याधिक बढ्ने छ । त्यसलाई व्यवसायमा परिणत गर्न बिएमडब्ल्यू तयार रहेको छ ।

