बीएमडब्लूको कम मूल्यको इलेक्ट्रीक स्कुटर आउने

काठमाडौं । केही दिन अघि मात्र महंगो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको बीएमडब्लूले अर्को कम मूल्यको इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०२४ अन्त्यसम्ममा बीएमडब्लू र टीभीएसको सहकार्यमा सीई–०२ मोडल भारतमा सार्वजनिक गर्ने भएको हो ।

सीई-०२ टीभीएस र बीएमडब्लूको सहकार्यमा उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर हो । टीभीएसको होसुर प्लान्टमा उत्पादन भएको यो स्कुटरको को-प्लेटर्फम टीभीएसले तयार पारेको हो ।

कम्पनीले केही दिन अघि सार्वजनकि गरेको सीई-०४ बर्लिनमा उत्पादन गरेर सिबीयू यूनिट भारत ल्याएको थियो । सन् २०२४ को अन्त्यसम्ममा भारतमा सार्वजनिक हुने सीई-०२ मोडल सीई-०४ को तुलनामा निकै कम मूल्यमा आउने छ ।

यसको मूल्य टीभीएस एक्स इलेक्ट्रीक स्कुटरको मूल्यभन्दा केही महंगो हुने अनुमान गर्न सकिन्छ । टीभीएस एक्स इलेक्ट्रीको भारतमा एक्स शोरुम मूल्य २ लाख ४९ हजार भारतीय रुपैयाँ छ ।

बीएमडब्लूले ल्याउने सीई-०२ मा २ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछ । बीएमडब्लूको यो स्कुटरले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने जनाइएको छ ।

स्कुटरको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ । यसलाई ० देखि ५० स्पीड पुग्नलाई मात्रै ३ सेकेन्ड लाग्ने छ ।

स्कुटरको कुल तौल १३२ किलोग्राम हुनेछ । हाइ-इन्ड इक्यूप्मेन्टको प्रयोग गरी निर्माण भएको स्कुटरमा राइडिंग मोड, यूएसडी फर्क, एबीएस, लेटेस्ट एलइडी टेक्नोलोजी, इलेक्ट्रीक रिभर्स गियर, स्मार्टफोन होल्डर जस्ता फिचर छन् ।


Back_to_top