काठमाडौं । जेको ब्राण्डको पहिलो एसयूभी ‘जे-सिक्स’ अहिले काठमाडौंमा छ । कम्पनीले डिस्प्ले प्रोडक्टको रुपमा नेपाल ल्याएको जेको जे-सिक्स झट्ट हेर्दा मर्सिडिजको जी-वागेनको झल्को दिन्छ ।
लाइफ स्टाइल प्रोडक्टको रुपमा नेपाल आएको जे-सिक्स बक्सी बडी डिजाइन, प्रिमियम क्याविन फिचर र प्रसस्त स्टोरेजहरु भएको एसयूभी हो । यसमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १३५ किलोवाट क्षमताको रियर ह्वील मोटरमा जे-सिक्स नेपाल आएको हो ।

एसपीजी अटोमोवाइलले नेपाल ल्याएको जेको जे-सिक्स अफरोड ईभी खोज्नेहरुको लागि निर्विकल्प मोडल हो । किनभने विद्युतीय सेग्मेन्टमा अफरोड मोडल अहिलेसम्म कसैले ल्याएका छैनन् ।

निकै आक्रमक फ्रन्ट लुक्स, प्रिमियम क्याविन, ह्याण्डी स्टेरिङ ह्वील, राम्रो क्वालिटीको सिटहरु र ७० लाख मूल्य यसको निकै आकर्षक पक्ष हो । यसमा ६९.८ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री यसमा पाउन सकिन्छ । यसको रेन्ज ४५० किलोमिटर माथि रहने अनुमान गर्न सकिन्छ । सीएलटीसेले भने ५५० किलोमिटर रेन्ज पाइने दावी गरेको छ ।




