काठमाडौं । टाटाको बहुप्रतिक्षित विद्युतीय माइक्रो एसयूभी पन्च काठमाडौं आइपुगेको छ । सिप्रदी ट्रेडिङले नेपाल ल्याएको पन्च ईभी आगामी अटो शोबाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।
टाटा पन्च ईभी कम्पनीको नेक्स्ट जेनेरेशन ईभी प्लेटफर्ममा बनेको हो । कम्पनीले यसअघि बजारमा आएका नेक्सन, टियागो र टिगोर ईभीको तुलनामा यसमा ठूलो प्रविधिक सुधार गरेर ल्याएको छ ।
आगामी भदौ ११ गतेबाट हुन गइरहेको नाडा अटो शोमा पन्च ईभी शोकेस हुनेछ । अटो शोमा प्रदर्शनी हुने पन्च ईभी सर्ट रेन्ज (एसआर) र लङ रेन्ज (एलआर) गरी दुई फरक मोडलमा उपलब्ध हुनेछ ।

सम्भवत दुबै मोडलमा थप भेरियन्टहरु आउने छन् । सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।
लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री रहने छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ ।

त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ । सुरक्षामा ५ स्टार रेटिङ पाउन सफल पन्च अटो शोको मुख्य आकर्षण बन्नेछ ।



