काठमाडौं । विद्युतीय गाडी अफरोडमा लैजाँदा धेरैले समस्या भोग्छन् । धेरै जसोले भोग्ने समस्या गाडीको तल्लो भागमा ठोक्किएर हो । त्यसमाथि गाडीको तल्लो भागमा नै हाइ भोल्टेज ब्याट्री प्रयोग भएको हुन्छ । कतै गाडी छुँदा चालकको मननै चसक्क हुनु स्वाभाविक हो ।
हामीले पनि अघिल्लो साता रसुवाको मैलुङ क्षेत्र जाने निधो गरेर काठमाडौंबाट हिड्यौ । गाडीमा ५ जना बसेर गएका थियौं । तर, मैलुङ क्षेत्र प्रबेश गर्ने स्थानमा बनिरहेको प्राधिकरणको सब स्टेशन नजिक गएको पहिरो र त्यसले बनाएको सकसपूर्ण बाटो छिचोल्न सकिएन ।

ढुङ्गै ढुङ्गाले बाटो दयनिय थियो । मोटरसाइकल चालकको अवस्था त्यस्तै थियो । मनमोहक झरना हेर्न गएकाहरु बाटोमै अलमल्लमा थिए । हामीले पनि गाडी अगाडि लाने आँट गरेनौं । तर, हिडेर झरना क्षेत्रमा भने पुग्यौं ।
हामीले सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल लिएर गएका थियौं । नयाँ सेरेस-थ्रीको अगाडिको फेसियामा ब्यापक परिमार्जन भएको छ । साथै, एलइडी डिआरएल र सेरेसकै ब्याचहरु प्रयोग भएका छन् । यसअघि डोङफेङको लोगो थियो ।

नेपाली बजारमा आएको सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स थियो । कतै छुने कुरै थिएन । ९९ किलोवाटको मोटरले दिएको पावर पुग्दो थियो । यसमा ब्याट्री भने ५२.७ किलोवाट आवरको छ ।
आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-थ्रीले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्र्रियात्मक अनुभव प्रदान गर्नेछ ।
हाम्रो टीम गाडीमा नै मैलुङ झरना पुग्न नसकेपनि नजिकैको पहिरोसम्म पुगियो । विद्युतीय बल्की एसयूभीको झण्डै १५० किलोमिटरभन्दा बढी ड्राइभिङको मज्जा लिइयो । अफरोडमा चलाउँदा पनि समस्या रहित तरिकाले काठमाडौं आयौं ।

