रोयल इन्फिल्डले बुलेट र बुलेट इलेक्ट्रामा ब्रेकको समस्या देखिए पछि बाइक फिर्ता मागेको छ । मार्च २० देखि ३० अप्रिल २०१९ सम्म भारतमा बनेका करिब ७ हजार यूनिट बाइकमा यो समस्या देखिएको हो ।
यस्तो समस्या आएको बाइकको क्यालिपर ब्रेक बोल्ट कम्पनीले निःशुल्क परिर्वतन गर्ने जनाएको छ । कम्पनीले बिज्ञप्ती जारि गरेर उक्त जानकारी गराएको हो ।
बुलेट ३५० र बुलेट इलेक्ट्रामा ३४६ सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ, जसले १९ बिएचपी पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै बुलेट ५०० मा ४९९ सीसी सिगंल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ जसले २७ बिएचपी पावर तथा ४१ एनएम टर्क जेनेरेट गर्छ । बुलेटका यी सबै मोडलका ५ स्पीडको गियरबक्स रहेको छ । बुलेटका ३५० मोडलमा सिगंल च्यानल र ५०० मोडलमा डबल च्यानल एबीएस रहेको छ ।
रोयल इन्फिल्डका बाइकहरुमा एबीएस सेवा थप भए पश्चात् मूल्यमा बृद्धि भइरहेको छ । त्यसैले भारतीय बजारमा लगातार ६ महिनादेखि बिक्रीमा गिरावट आइरहेको छ । कम्पनीको गत बर्ष अप्रिलको तुलनामा अप्रिल २०१९ को बिक्री आँकडामा १७ प्रतिशतले गिरावट आएको हो ।
नेपालमा कस्तो असर ?
नेपालमा दुगर्ड समुहले बिक्री वितरण गर्दै आएको बुलेटको नयाँ २०१९ मोडल विशेषगरेर मार्चको उत्पादन नेपाल अहिलेसम्म आएको छैन । त्यसैले ब्रेकमा समस्या रहेको उक्त बुलेट बाइक नेपाली बजारमा आएकै छैन । कम्पनी स्रोतले भन्यो अहिले हामीसँग भएका कुनैपनि मोडलमा समस्या छैन ।


