आउँदै होन्डा सीबीआर २५० फेसलिफ्ट, यस्तो हुनेछ परिवर्तन

होन्डाले सीबीआर २५० आरआर (फेसलिफ्ट भर्सन) मोटरसाइकलको प्याटेन्ट सार्वजनिक गरेको छ । कम्पनीले यो मोडल २०२० सम्ममा बजारमा ल्याउने योजना बनाएको छ । 

मोटरसाइकलमा २५० सीसी प्यारालल ट्वीन सिलिन्डर ८ भल्भ डिओएचसी लिक्वीड कुल्ड इन्जिन रहने छ । यसले १२ हजार ५ सय आपीएममा ३८.७ पीएस पावरका साथै ११ हजार आरपीएममा २३.३ एनएम टर्क उत्पादन गर्छ । यसको टप स्पीड क्षमता १७० किलोमिटर प्रतिघन्टा हुनेछ । 

यसमा थ्रोटल बाइ वायर सिस्टम, कम्फर्ट, स्पोर्ट र स्पोर्ट फुलएलइडी लाइट, पेटल टाइप डिस्क, डबल च्यानल एबीएस, अप साइड डाउन फ्रन्ट फर्क र पाँच स्टेप एडजस्टेबल प्री लिंक सस्पेन्सनको विशेषता समेटिने छन् । 

त्यस्तै मेकानिजम पोर्सन र वायरलेस कम्युनिकेशन पोर्शन छुट्टाछुटै रहने छ भने की फब मार्फत मोटरसाइकलको लक, अनलक र स्टार्ट गर्न सकिने कम्पनीले जनाएको छ । 

ग्राफिक डिजाइनलाई आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ भने, फेसिकामा ट्वीक स्टाइल र आकर्षक बडी रहने छ । साथै यसमा नयाँ इन्स्ट्रुमेन्ट प्यानल, ब्लुटुथ कनेक्टीभिटी, असिस्ट र स्लिपर क्लचसँगै क्वीक शिफ्टरको विशेषता रहने छ । 


Back_to_top