काठमाडौं । टीभीएसले आफ्नो फ्ल्यागशिप बाइक अपाचे आरआर ३१० लाई ‘प्योर एयरक्र्याफ्ट’ स्लोगनसहित इन्जिन, स्न्ट्रुमेन्ट कन्सोल र कस्मेटिक परिमार्जनसहित भारतमा सार्वजनिक गरेको छ ।
टीभीएसले यसमा दिएको नयाँ इन्स्ट्रयुमेन्ट कन्सोलमा हवाइजहाजमा जस्तै सबै फिचरको नियन्त्रण र जानकारी डिस्प्लेमा उपलब्ध रहने भएकाले यसलाई ‘प्योर एयरक्र्याफ्ट’ भनिएको हो । यसमा ब्लुटुथका साथ ५ इन्च कलर टीएफटी इन्स्ट्रयुमेन्ट प्यानल छ । सो स्क्रिनलाई स्मार्टफोनबाट कनेक्ट गरी टीभीएस स्मार्ट कनेक्ट एपको सहयोगले विभिन्न फिचर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
अपाचे आरआर ३१० नेपालमा पनि बिक्री हुँदै आएको मोडल हो । प्रदुषण मापदण्ड अनुरुपको बीएस ६, ३१२.२ सीसीको क्षमताको इन्जिन दिइएको छ, जसले ३४ बीएच पावर र २७.३ एनएम टर्क जेनेरेट गर्छ । स्लिपर क्लचसहित आएको मोटरसाइकलको उच्चगति १६० किलोमिटर प्रतिघण्टासम्म रहने कम्पनीले जनाएको छ । यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिनका यसलाई केबल २.९ सेकेन्ड मात्र लगाउँछ ।

नयाँ अपाचे आरआर ३१० ड्युअल टोन कलरमा समेत आएको छ । बाइकमा दिइएको नयाँ ग्राफिक्सका कारण स्पोर्टी र सानदार देखिएको छ । यो वाहेक बाइकका डाइमेन्सन, ड्युअल प्रोजेक्टर एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प र सिटमा भने कुनै किसिमको परिमार्जन गरिएको छैन ।


