चर्चाको शिखरमा ह्यामरको इलेक्ट्रीक पीकअप ट्रक, यस्ता छन् कारण

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोवाइल बजारमा ह्यामरको इलेक्ट्रीक पीकअप चर्चाको शिखरमा रहेको छ । जनरल मोटर्सले उत्पादन गरेको यो इलेक्ट्रीक ट्रक पावर र टर्कका कारण चर्चाको शिखरमा रहेको हो ।

यसमा दिइएको मोटरले १००० बीएच पावर प्रदान गर्ने कम्पनीले गत बिहिवार पत्रकार सम्मेलन आयोजना गरेरै जानकारी दिएको छ । यसको १५ हजार ५९१ न्यूटन मिटर (एनएम) टर्क प्रदान गर्नेछ । यो पीकअपले सुन्यदेखि ६० किलोमिटरको स्पीड केवल ३ सेकेन्डमा भेट्ने जनाइएको छ ।

कम्पनीले आजबाट अमेरिकामा सुरु हुने ‘सुपर वाउल २०२०’ (अमेरिकी प्रफेस्नल स्पोटीङ इभेन्ट)मा यसको प्रटोटाइप सार्वजनिक गर्ने भएको हो । तर, यसको आधिकारीक उत्पादन भने सन् २०२१ बाट अमेरिकामा सुरु हुने जनाइएको छ ।

‘गो बिग फर गो होम’ नारासहित कम्पनीले यसलाई बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले यसमा निकै ठूलो व्याट्री प्याक दिने जनाएको छ । तर, त्यसको पूर्ण विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।


Back_to_top