सरकारले आगामी वर्ष गाडी नकिन्ने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सरकारले कुनै पनि सवारीसाधन नकिन्ने घोषणा गरेका छन् ।

आज आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष सवारीसाधन नकिन्ने घोषणा गरेका हुन् ।

साथै, अर्थमन्त्री महतले सरकारी सवारीसाधन सुविधा पाउने कर्मचारीलाई इन्धन सुविधा वापतको रकम नगद नै दिने घोषणा गरेका छन् ।


Back_to_top