बजेट २०८०/८१माः यातायात, सडक र सवारीसाधन

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट अहिले संघिय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरिरहेका छन् । डा. महतले पहिलो पटक अर्थमन्त्री बनेर ल्याएको बजेटमा यातायात क्षेत्र, सडक र पूर्वाधार तथा सवारीसाधनको उद्योग संचालनका विषयमा भएका व्यवस्था यस प्रकार छन् ।

-सरकारले आगामी आर्थिक वर्षमा कुनै पनि सवारीसाधन नकिन्ने अर्थमन्त्रीले घोषणा गरेको छन् । साथै, उनले सरकारी सवारीसाधन संचालनको लागि इन्धन सुविधा पाउनेलाई इन्धनको सट्टा नगद रकम दिइने ।

-पूर्वाधार आयोजना बनाउन पूर्वाधार फन्डको स्थापनन गर्ने ।

-सार्वजनिक, निजी र साझेदारी मोडलमा ठूला पूर्वाधार आयोजना निर्माण गर्ने ।

-किसानले कृषि जन्य बस्तुको ओसार पसारमा प्रयोग गर्ने सवारीसाधन किन्न कर छुट दिने ।

-सिमेन्टको प्रयोग बढाउन पक्की सडक निर्माण गर्दा ढलान गर्ने । त्यसले विटुमिन आयत कम हुने र बलियो सडक निर्माण हुने ।

-कम्तीमा तीन महिनाको लागि पुग्ने इन्धन भण्डारण केन्द्र बनाउने ।

-निजगढ बिमानस्थलको वातावरणीय मूल्याङकन गर्ने, जमिन अधिग्रहण गर्ने जस्ता कामको लागि बजेट व्यवस्था गरिएको छ ।

-सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन ६ महिना भित्रै लिलाम बिक्री गर्ने ।

-दैलेखमा पेट्र्रोलियम पदार्थ सहित खनिजको उत्खनन गर्ने ।

-पूर्व–पश्चिम राजमार्ग ४ लेनमा स्तरोन्ती गर्न ३ अर्व ३२ करोड ।

-फास्ट ट्रयाक निर्माणको लागि २२ अर्ब ५० करोड विनियोजन ।

-विभिन्न राजमार्ग निर्माण, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली करिडोर, तमोर करिडोर, गल्छी–केरुङ, कर्णली करिडोर, अरुण करिडोर जस्ता राष्ट्रिय महत्वका राजमार्ग निर्माणमा बजेट ब्यवस्था गरिएको छ ।

-सडक पूर्वाधार, १५० वटा पुल निर्माण, बेसिशहर मनाङ सडक निर्माण, हुम्लामा सडक संजाल जोड्न बजेट व्यवस्था ।

-आर्थिक वर्षको लागि १ खर्ब ३९ अर्व रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विनियोज गरिएको ।

-सुरुङ मार्ग निर्माण, उपत्यका वरपरको सडक विस्तार गर्न पनि बजेटले प्राथमिकतामा राखेको छ ।

-काठमाडौं उपत्यकाको ४४ स्थानमा ट्राफिक लाइट जडान गर्ने ।

-निजी क्षेत्रसँग मिलेर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन चार्जिङ स्टेशन निर्माण गर्ने ।


Back_to_top