काठमाडौं । याडियाले सस्तो इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको छ । कम्पनीले २ लाख ३० हजार मूल्यको स्कुटरको विक्री सुरु गरेको हो ।
इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले याडीया ई८ एसको डेलिभरी दिन सुरु गरेको हो ।
कम्पनीले यसअघि ई ८ को बुकिङ खुल्ला गरेर बुकिङ लिदैँ आएको थियो ।
कम्पनीका अनुसार याडिया ई८ एसले एक पटकको फुलचार्जमा १५० किलोमिटर रेन्ज दिन्छ ।
याडिया ई८ एसमा २८०० वाट म्याक्स पावरको मोटर जडान गरिएको छ । यो मोटरले अधिकतम १४० एनएम टर्क जेनेरेट गर्छ भने, यसको टप स्पीड ६० किलोमिटर प्रति घन्टा रहेको छ ।
यो स्कुटरमा ३८ एम्पीयर ७२ भोल्टको ग्राफिनी ब्याट्री दिइएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
याडिया ई८ एस डबल डिस्क ब्रेक, कलर एलइडी डिस्प्ले, रिजेनेरेशन सिस्टम, फास्ट चार्जिङ सर्पोट जस्ता फिचर उपलब्ध रहेको छ ।


