टाटा नानो यसरी बन्यो बुगाटी भेरोन

बुगाटी भेरोन संसारकै सबैभन्दा छिटो कुद्ने कारको नाम हो । यसको मूल्यका कारण यसलाई चढ्ने सपना पुरा गर्नु जो कोहि बिजनेश म्यानसमेत १० पटक सोच्ने गछृन् भने आम मानिसका लागि यो कार कल्पना भन्दा बाहिर हुनु स्वभाबिक हो । 

बुगाटी भेरोन ४०० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्ने क्षमता राख्छ भने यस कारको मूल्य करिब ११ लाख डलर रहेको छ । 

यति महंगो कार किनेर चढ्ने इच्छा पुरागर्नु सबैलाई निकै कठिन कुरा हो । यस्तोमा सक्कली बुगाटी भेरोन चढ्न नसकेपनि मानिसले आफुसँग भएका अन्यकारलाई बुगाटी भेरोन जस्तै बनाएर मोडिफाई गर्ने गरेका छन् । यहा

होन्डा सिटी


यो होन्डा सिटी कार हो । हेर्दा लाग्छ यो बुगाटी भेरोन हो । तर, नजिक गएर यस यसको इन्टेरियर हेरेपछि थाहा हुन्छ यो नक्कली बुगाटी भेरोन हो । 

यसलाई एक्टेरियर र इन्टेरियरमा थुप्रै परिर्वतन गरेर यो स्वरुपमा ढालिएको हो । यसमा नक्कली क्वार्ड टर्बो इन्जिन लगाईएको छ । यसलाई हेर्दा असली जस्तो लाग्छ । 

टाटा नानो


अचम्म लाग्दो रुपमा टाटा नानोलाई बुगाटी भेरोनमा परिणत गरिएको छ । यो कार नानोको अटोमेटिक भर्सन हो । यो संसारकै कुनै समयको सस्तो दाबी गरिएको कारलाई संसारकै महंगो मध्यको एउटा कारको स्वरुपमा मोडिफाई गरिएको कार हो । 

होन्डा एक्कड


यो कारलाई बुगाटी भेरोन बनाउने ब्यक्ति हुन् राम रहिम, उनि अहिले जेलमा छन् । उनले होन्डा एकडलाई बुगाटी भेरोन बनाएका थिए । यो नक्कली भेरोनमा भी६ इन्जिन दिइएको थियो । यसको कलरमा ब्यापक परिर्वतन गर्दै उनले ग्रिल र सनरुफमा समेत परिर्वतन गराएका थिए । 

मारुती एस्टन


कुनै समयको चर्चित कार मारुती एस्टनलाई पनि बुगाटीको स्वरुप दिइएको पाइन्छ । यो कार आफैँ राम्रो रफ्तार भएको कारमा गनिने गरेको छ । यो कारलाई इन्डियन र्यालीको लागि मोडिफाई गरिएको थियो । यो कारलाई हैदरावादमा मोडिफाई गरिएको जनाइएको छ । 


Back_to_top