बस र माइक्रोबसको आयातमा सुधार देखियो

काठमाडौं । कमर्शियल बस र माइक्रोबसको आयातमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा सार्वजनिक यातायातमा प्रयोग हुने सवारी साधनको आयातमा केही सुधार देखिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो साउन महिनामा बस र माइक्रो बस गरेर जम्मा ३५ यूनिट मात्रै आयात भएकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा ५३ यूनिट गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आवको पहिलो महिनामा २६ सिट माथिका बसको आयात २६ यूनिट भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा २४ यूनिट मात्रै २६ यूनिट माथिका गाडी आयात भएको थियो ।

मिनी बस सेग्मेन्टमा १५ देखि २५ सिट क्षमताका गाडीको आयात १४ यूनिट रहेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा मिनी बसको आयात ६ यूनिट मात्रै थियो ।

अहिले ईभीको कारण ११ देखि १४ सिट क्षमताका माइक्रो भ्यानहरु पनि आयात हुन थालेका छन् । चालु आवको साउन महिनामा १३ यूनिट ईभी आयात भएको देखिन्छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५ यूनिट माइक्रो भ्यान आयात भएको थियो ।

चालु आवमा ६ यूनिट इलेक्ट्रीक भ्यान आयत हुँदा ७ यूनिट इन्टरनल कम्बस्चन इन्जिन भएका भ्यानहरु आयात भएका छन् ।


Back_to_top