बसको आयात ७४ प्रतिशतले घट्यो, कुन कम्पनीको आयात कति (सूचीसहित)

काठमाडौं । सन् २०१९ मा ३ हजार ७३ यूनिट बस, मिनिबस र माइक्रोबस आयात भएकोमा सन् २०२० मा ८०० यूनिट मात्रै आयात भएको छ । समग्रमा गतवर्ष अघिल्लो वर्षको तुलनामा ७४ प्रतिशतले आयात घटेको हो ।

नेपालमा टाटा, आइसर, महिन्द्रा, फोर्स, एसएमएल इसुजु, अशोक लेलैण्ड, फोटोन, डिएफएसके, टोयोटा, बिवाइडी, जोयलङ्ग ब्राण्डका बस, मिनिबस र माइक्रोबस आयात भएका छन् ।

पछिल्लो दिनमा बढ्दो क्रममा रहेको बस, मिनिबस र माइक्रोबसको बजारलाई कोभिड १९ ले निकै ठूलो असर गरेको छ । बजारमा १४ सिट क्षमतादेखि ४० सिट क्षमतासम्मका बसहरुको विक्री हुँदै आएकोमा कोभिड १९ को कारण लामो समयसम्म सार्वजनिक यातायात बन्द भयो । यस अवधिमा नयाँ किन्ने ग्राहकनै नभएकाले बसको अयात घटेको विक्रेता कम्पनीहरुको भनाई छ ।

‘सार्वजनिक यातायात नचल्दा नयाँ बसहरु विक्री भएनन् । धेरै लगानी गरेर संचालनमा आएका विक्री केन्द्रदेखि सर्भिस सेन्टरसम्म बन्द रहँदा बैंकको व्याज, कर्मचारीको तलव भत्ता र विक्री केन्द्रको भाडासमेत तिर्न मुस्कील भएको छ’, एक विक्रेताले भने ।

यसरी आयात भएका बसमा डिएफएसके ब्राण्डका माइक्रोबस विद्युतीय हुन् भने बिवाइडी र जोयलङ्गका उत्पादन ठूला विद्युतीय बस हुन् ।

बस सेग्मेन्टमा टाटाले करिब ७० प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा आफुलाई सुरक्षीत राखेको छ भने अन्य कुनैपनि कम्पनीको आयात ८० यूनिटभन्दा माथि छैन ।


Back_to_top