लोभलाग्दो फिचर र आकर्षक मूल्यले हुन्डाई क्रेटाको क्रेज बढ्दो

काठमाडौं । हुन्डाई क्रेटा नेपालमा सर्वाधिक सफल एसयूभी हो । यसको विक्रीको अगाडि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने अन्य कुनैपनि एसयूभी टिक्न सकेका छैनन् ।

सब फोर मिटर एसयूभीमा मारुती सुजुकी ब्रेजा, इको स्पोर्ट, नेक्सन र हुन्डाई भेन्यूको बीचमा प्रतिस्पर्धा भएपनि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा क्रेटा निकै अगाडि रहेको छ । क्रेटालाई अहिले बजारमा किया सेल्टोसले टक्कर दिइरहेको छ ।

कियाले सेल्टोसलाई हुन्डाई क्रेटाको प्ल्याटफर्ममा नै उत्पादन गरेकाले यी दुई एसयूभी बीच टक्कर देखिनु स्वाभाविक पनि हो ।
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन क्रेटा सुरुमा ५ भेरियन्टमा सार्वजनिक गरेको भएपनि अहिले पेट्रोल इन्जिनको मात्रै मूल्य प्रकाशित गरेको छ ।

‘डिजेल इन्जिन क्रेटाको तत्कालै मूल्य हेरफेर हुने भएकाले मूल्य प्रकाशन नगरिएको हो । अबको केहि दिनमा नै यसको नयाँ मूल्य प्रकाशन हुने छ’, कम्पनी स्रोतले भन्यो ।

नयाँ जेनेरेशन क्रेटाको १.५ लिटर पेट्रोल इन्जिनसहितको एस, एसएक्स र एसएक्स सिभीटी भेरियन्टको मूल्य क्रमशः ५२ लाख ९६ हजार, ५९ लाख ९६ हजार र ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

लकडाउन पछि नेपालमा विक्री सुरु भएको नयाँ जेनेरेशन क्रेटाको माग निकै राम्रो रहेको छ । क्रेटा किन्न चाहने ग्राहकले केहि कुरेर मात्र गाडी पाउने अवस्था रहेको कम्पनीको भनाई छ ।

नयाँ जेनेरेशन क्रेटामा दिइएको सबै लाइट एलइडी रहेका छन् । कम्पनीले यसमा ट्रियो बीम एलइडी हेडल्याम्प दिएको छ भने, एलइडी डिएलआरको प्रयोग गरिएको छ । यसमा दिइएको इन्टेरियर लाइटसमेत सबै एलइडी छन् ।

नयाँ क्रेटा रेगुलर मोडलको तुलनामा निकै आरामदायी रहेको छ । यसलाई प्रिमियम बनाउन कम्पनीले टप भेरियन्टमा ठूलो पानारोमिक सनरुफ, लेदर अपहोलिस्टीक, भ्यान्टिलेटेड फ्रन्ट सिट, ८ वे पावर ड्राइभर सिट, अटोमेटिक एयर प्यूरीफएर दिइएको छ । पछाडि बस्नेलाई हेडरेष्ट कुसन, वायरलेस चार्जर, बोसको ८ वटा स्पीकरसहितको अडियो सिस्टम, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको कलर टिएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता नयाँ फिचर दिएको छ ।

हुन्डाईले क्रेटामा नयाँ एड्भान्स व्लुलिंक कनेक्टीभीटी दिएको छ । जसको माध्यमबाट ५० भन्दा धेरै फिचरहरु रिमोट र भ्वाइस कमाण्डबाट कन्ट्रोल गर्न सकिने छ ।

नयाँ क्रेटामा तीन फरक ड्राइभिङ मोड उपलब्ध रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको क्रेटामा स्नो, स्यान्ड र मड तीन ड्राइभ मोड छन् । चालकले बाटोको अवस्था अनुकुल यसलाई चलाउन सक्ने छन् ।

नयाँ क्रेटाको बडी निकै बलियो र सुरक्षीत रहेको छ । यसमा प्रयोग भएको हाइस्ट्रेन्थ स्टीलले दुई वटा अफ्रिकन हात्तीको तौल थेग्न सक्ने कम्पनीले दाबी गरेको छ ।

यसको अलावा गाडीमा लेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, सबै चक्कामा डिस्क ब्रेक, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, गाइडलाइनको साथ रियर पार्किङ क्यामेरा र ६ वटासम्म एयरव्याग दिइएको छ ।


Back_to_top