प्रतिस्पर्धी मूल्यमा सुजुकीका मोटरसाइकल र स्कुटर (मूल्यसूची सहित)

काठमाडौं । जापनीज मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी सुजुकीका लागि नेपालको आधिकारिक वितरक भिजी सुजुकी रहेको छ । कम्पनीले नेपालमा १२ भेरियन्टमा विभिन्न मोटरसाइकल तथा स्कुटर विक्री गरिरहेको छ ।

कम्पनीले नेपाली बजारमा सोचेजस्तो व्यापार गर्न नसके पनि जिक्सर १५० भने लोकप्रिय मोटरसाइकल रहेको छ । कम्पनीले जिक्सरको ६ भेरियन्ट नेपाली बजारमा विक्री गर्दै आएको छ ।

त्यसैगरि जिक्सर सिरिजकै जिक्सर २५० को तीन भेरियन्ट, इन्टुडर र हायाते मोटरसाइकल विक्री गरिरहेको छ । साथै, कम्पनीले स्कुटरतर्फ पनि विभिन्न तीन मोडल विक्री गर्दै आएको छ । सुजुकी वर्गम्यान, लेट्स डुअल टोन र एशेस गरि सुजुकीका तीन स्कुटर नेपालमा किन्न सकिन्छ ।

कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल हायाते रहेको छ भने सबैभन्दा महंगो मोडल सुजुकी जिक्सर एफएफ २५० मोटोजीपी भर्सन हो । हायातेको मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ र जिक्सर एसएफ २५० मोटोजीपीको मूल्य ५ लाख १ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि स्कुटर तर्फ कम मूल्यको स्कुटर लेट्स हो भने, सबैभन्दा महंगो मोडल बर्गम्यान स्ट्रीट हो ।

यस्तो छ सबै मोटरसाइकल तथा स्कुटरको मूल्य


Back_to_top