एशियाली बजारलाई ध्यानमा राखेर यामाहाले ल्यायो ‘एमटी २५’

काठमाडौं । एशियाली बजारमा यामाहाले एमटी २५ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इन्डोनेशियाबाट एमटी २५ को विक्री सुरु गरेको हो ।

याहामाहाले एमटी २५ आफ्नो चर्चित मोटरसाइकल एमटी ०९ मा आधारित रहेर ल्याएको छ । एमटी ०९ जस्तै लुक्स र कलर अप्सन ग्राहकले एमटी २५ मा पाउन सक्ने छन् ।

यामाहाको नयाँ एमटी २५ मोटरसाइकलमा फुल एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, डिजिटल इन्ष्ट्रुमेन्ट क्लष्टर दिएको छ । यो क्लष्टरमा मोटरसाइकलको स्पीड, गियर पोजिसन, आरपीएम, इन्धन लेवल लगायतका महत्वपूर्ण सूचनाहरु देखिने छ ।

यामाहाले यसमा २५० सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२ हजार आरपीएममा ३६ पीएस पावर र २३.६ एनएम पिक टर्क प्रदान गर्नेछ । जुन यामाहा एफजेड २५ भन्दा निकै बढी पावर हो ।

अगाडि यूएसडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिइएको यामाहाको नयाँ क्वाटर लिटर नेकेड मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल एबीएस दिइएको छ ।

इन्डोनेशियामा यो मोटरसाइकलको मूल्य ५ करोड ५४ लाख ६० हजार आइडीआर रहेको छ । जुन नेपाली मुद्रामा ४ लाख ५९ हजार रुपैयाँ हाराहारी हो ।

नेपालमा यामाहाको एमटी सिरिजको एक मात्र मोडल एमटी १५ विक्री वितरण हुँदै आएको छ ।


Back_to_top