ईभी बजारमा एटो टुको दबदबा, एक वर्षमै तोड्यो सबै आयात रेकर्ड

काठमाडौं । नेपालमा विद्युतीय कारको माग र बिक्री उच्च छ । बजारमा ३ दर्जन बढी ब्राण्डका विद्युतीय कार उपलब्ध छन् । नयाँ नयाँ ब्राण्ड र मोडल आउने क्रम जारी छ ।

कयौं आइसी इन्जिन भएका कार मोडलहरू दशकौंसम्म बजारमा आफ्नो पकड कायम गर्दै सदावहार मोडल बनेका छन् । तर, तीव्र प्रतिस्पर्धा, चर्को प्राइस वार र नयाँ मोडलको आवगमनले कुनै पनि ईभी मोडललाई भने स्थापित हुन निकै कठिन बन्दैछ ।

यसैबीच, बीवाइडी एटो टु ले भने १ वर्षमै नेपाली बजारमा नयाँ कीर्तिमान बनाउन सफल भएको छ । विद्युतीय कारको तीव्र दौडमा बीवाइडी एटो टुले  एक वर्षमै  साढे २ हजार युनिट आयात हुने पहिलाे विद्युतीय कारको रेकर्ड बनाएको हो ।

साइमेक्स इंकले सन् २०२५ अगष्टमा नेपाल ल्याएको एटो टु १ वर्षको अवधिमा (२०२६ अगष्ट १५ सम्म) २४७५ युनिट आयात भएको छ । जुन हालसम्म नेपालमा उपलब्ध कुनै पनि ईभी मोडल एक वर्षमा आयात भएको सबैभन्दा धेरै संख्या हो । एटो टुले वीवाइडीकै माथिल्लाे सिरिज एटो थ्रीको रेकर्ड समेत तोडेको हो । यसअघि सन् २०२४ को १ वर्षमा एटो थ्री सर्वाधिक २०६८ युनिट आयात भएको थियो ।

एटो टु सन् २०२५ काे चार महिनामा १०७२ युनिट र सन् २०२६ काे ८ महिनामा १४०३ युनिट नेपाल भित्रिएको हो । प्रतिस्पर्धी बजारमा यो एटो टुको यो रफ्तारलाई निकै ठूलो उपलब्धि मान्न सकिन्छ ।

ब्राण्ड नेम, आकर्षक डिजाइन, २०० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, ब्लेड ब्याट्री, मूल्य लगायत कारण उपभोक्तको रोजाइमा एटो टु परेको हो । साथै, साइमेक्सको देशव्यापी बलियो बिक्री नेटवर्क, बिक्रीपछिको सेवा (सर्भिस र स्पेयर)मा कम्पनीले गरेको लगानीले ग्राहकलाई विश्वास र भरोसा दिलाउँदा एटो टु प्रति आकर्षित भएका हुन् ।

थपियो अप्सन

नेपाल आएको ११ महिनासम्म एटो टुको एउट मात्रै प्रिमियम भेरियन्ट उपलब्ध थियो । यसको मूल्य हाल ४८ लाख ९९ हजार रुपैयाँ छ । साइमेक्सले पछिल्लो १ महिनामै एटो टु को थप दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा सस्तो मूल्य (४५.१२ किलोवाट आवर ब्याट्री)को इसेन्सियल भेरियन्ट उपलब्ध गराएको थियो । यसको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ छ ।

त्यस्तै, कम्पनीले नाडा अटो शोमा एटो टुको टप (सुपेरियर) भेरियन्ट लन्च गरेको थियो । सनरुफ भएको यो भेरियन्टको मूल्य मूल्य ५१ लाख ९९ हजार रुपैयाँ छ । नयाँ भेरियन्ट थपिएसँगै ग्राहकले आफ्नो बजेट अनुसारको थप विकल्प पाएका छन् । जसले प्रतिस्पर्धी बजारमा एटो टुलाई झन बलियो बनाएको छ ।

ब्राण्ड लिगेसीको साथ

बीवाइडी एटो टुको सफलतामा यसको आफ्नो विशेषतासँगै ब्राण्ड लिगेसीको ठूलो साथ मिलेको देखिन्छ । बीवाइडी र साइमेक्सले नेपालमा बनाएको आफ्नो छवि र इकाे सिस्टमका कारण एटो टुलाई स्थापित गर्न ठूलो सहयोग पुगेको हो ।

नेपालमा बीवाइडीको उपस्थिति सन् २०१७ देखि नै छ । एक दशकको अवधिमा वीवाइडीले १० हजार बढी ईभी बिक्री गरिसकेको छ । जसमा एटो थ्री एउटै मोडल ४३०० युनिट र डल्फिन ह्याचब्याक साढे २ हजार युनिट बिक्री गर्न सफल भएको छ ।

ग्राहकको चाहना र आवश्यकता अनुसारका मोडल उपलब्ध गराउनु, बिक्रीपछिको सेवा र चार्जिङ नेटवर्क विस्तारमा आक्रमक रणनीतिका कारण बीवाइडीले आफूलाई नेपालमा मार्केट लिडरको रूपमा उभ्याएको छ ।

सोही जगमा एटो टुले एटो थ्रीको पदचाप पछ्याउँदै आफूलाई सर्वाधिक रुचाइएको कारको रूपमा परिचय बनाएको हो । यसले बीवाइडीका विद्युतीय साधनमा नेपाली उपभोक्ताको विश्वास झनै बढ्दै गएको देखाउँछ ।

यस्तो छ एटो टु

कम्प्याक्ट एसयूभी एटो टुको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

एटो टु मा १०० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ । जसले २९० एनएम टर्क प्रदान गर्छ । यो गाडीले ९ सेकेण्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउने कम्पनीको दाबी छ ।

एटो टु दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसको बेस भेरियन्टमा ४५.१२ किलोवाट आवर र माथिल्ला दुई भेरियन्टमा ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री छ । यी ब्याट्रीकले एकपटकको फुलचार्जमा क्रमशः ३१२ र ३४५ किमी डब्लूएलटीपी रेन्ज दिने कम्पनीको दाबी छ । एटो टुले ११ किलोवाटसम्मको एसी र ८२ किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।

यसमा ३८० लिटरको बुट स्पेस छ । पछाडिको सिट फोल्ड गर्दा यसलाई १३२० लिटरसम्म बढाउन सकिन्छ । एटो टुको क्याकिन निकै आकर्षक र फिचर लोडेड छ । यसमा १२.८ इन्चको रोटेटिङ टचस्क्रीन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । साथै, यसमा ८ स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड अगाडिको सिट र इलेक्ट्रीक टेलगेट जस्ता फिचर उपलब्ध छन् ।

एटो टुमा सुरक्षाका विशेष ध्यान दिइएको छ । यसमा ६ वटा एयर ब्याग, ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ राडार, टीपीएमएस, एडाप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायत आधुनिक सेफ्टी फिचर छन् ।


Back_to_top