बीवाइडीले ल्यायो ‘एटो-८’एसयूभी, हजार किलोवाटको चार्जर सपोर्ट गर्ने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल ब्राण्ड बीवाइडीले ‘एटो-८’ सार्वजनिक गरेको छ । कम्पनीले चीनमा ‘ट्याङ एल’ नामबाट बिक्री गर्ने एसयूभी अन्तर्राष्ट्रिय बजारमा भने एटो-८ वा सिलियन-८ नामबाट आउने चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

चीनमा प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक गरी दुई अप्सनमा उपलब्ध नयाँ एसयूभी साइजमा पनि निकै ठूलो छ । कम्पनीले यसलाई ७ सिट क्षमतामा ल्याउने भएको हो ।

ग्वाङ्झाओ अटो शोमा सार्वजनिक भएको ट्याङ एल एसयूभीको लम्बाइ ५०४० एमएम, चौडाइ १९९६ एमएम र उचाइ १७६० एमएम छ । यसमा २९५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा २७० लिटरको बुट स्पेश छ । पछाडिको रो फोल्ड गर्दा बुटलाई १९६० लिटरसम्म बनाउन सकिन्छ ।

बीवाइडीले ट्याङ एल मोडललाई कटिङ एज टेक्नोलोजीको प्रयोग गरेर तयार पारेको हो । यसमा ‘गड्स आई, बी हाइलेभल लेजर बेस डि–पाइलट ३०० ड्राइभर असिस्ट सिस्टम’ दिएको छ । यसमा पार्किङ स्पट टु पार्किङ स्पट अटोनोमस न्याभिगेसनको फिचर समेत छ । यसको सहयोगमा गाडीले आफैँ अटोनोमस तरिकाले पार्किङ क्षेत्रमा पार्क गर्नसक्छ ।

टु ह्वील र अल ह्वील ड्राइभ सिस्टमको साथ बजारमा उपलब्ध हुने ट्याङ एल एसयूभीको अगाडि २३० किलोवाट र पछाडि ५८० किलोवाटको मोटर प्रयोग भएको छ । निकै पावरफुल मोटर भएको कारण एसयूभीले शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन ३.९ सेकेन्ड मात्रै लगाउने छ ।

बीवाइडीले नयाँ एसयूभीको ब्याट्री इलेक्ट्रीक भर्सनमा १००.५३१ किलोवाट आवरको सेकेण्ड जेनेरेशन लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग गरेको छ । जसले सिंगल चार्जमा ६७० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसी टेस्टमा देखिएको छ ।

ठूलो एसयूभीमा कम्पनीले ‘सुपर ई-प्लेटफर्म’ प्रयोग गरेको छ । यसमा प्रयोग भएको एक हजार भोल्ट आर्किटेक्चरको कारण चार्जर पनि १००० किलोवाटसम्मकै सपोर्ट गर्नेछ ।


Back_to_top