हाइब्रिडमा आयो बीवाइडी डल्फिन, रेन्ज १००० किमी

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीको चर्चित ह्याचब्याक डल्फिन हाइब्रिड भर्सनमा आएको छ । कम्पनीले सन् २०२१ मा प्योर इलेक्ट्रीक ह्याचब्याकको रुपमा सार्वजनिक गरेको डल्फिन ५ वर्षपछि हाइब्रिड मोडलमा पनि बजारमा ल्याएको हो ।

बीवाइडीले युरोपियन बजारमा लागि डिजाइन गरेको डल्फिन जी डीएम आइ प्लगइन हाइब्रिड मोडल सार्वजनिक गरेको हो । यसको मूल्य आगामी जुन महिनामा सार्वजनिक गरिनेछ भने डेलिभरी सन् २०२६ को सेप्टेम्बर-नोभेम्बरदेखि सुरू हुनेछ ।

हाइब्रिड डल्फिनको संयुक्त रेन्ज १००० किलोमिटर हुने बताइएको छ । नयाँ बीवाईडी डल्फिन जी डीएम आइमा पातलो हेडलाइट, एक्टिभ एयर इनटेक र फ्रन्ट बम्परमा दुईवटा एयरफ्लो सहितको एउटा फरक डिजाइन ल्याङ्ग्वेज प्रयोग गरिएको छ।

बीवाइडीले यसमा ब्ल्याकन्ड रिम, सेमी हिडन डोर ह्याण्डल र फ्लोटिङ रूफको आभास दिने डार्कन्ड डी पिलर दिएको छ । यसको फ्रन्ट र रियर पार्किङ सेन्सरसहितको सराउन्ड भ्यू क्यामेरा सिस्टम जडान गरिएको छ ।

यसको इन्टेरियर कालो रङको छ । जसमा ड्यासबोर्डमा फ्लोटिङ टचस्क्रीन र हेडरेस्टहरूमा ‘जी’ चिन्ह अंकित गरिएको छ ।

हाइब्रिड डल्फिन ओरेन्ज कलरमा तयार पारिएको छ । यसको लम्बाइ ४१६० एमएम र चौडाइ १८२५ एमएम छ । यो प्योर इलेक्ट्रीक भेरियन्टभन्दा १३० एमएम छोटो र ५५ एमएम फराकिलो छ ।

हाइब्रिड डल्फिनको पावरट्रेन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको बीवाइ डी एट्टो २ डीएम आई (युआन अप डीएम आइ)सँग मिल्दोजुल्दो हुने उच्च सम्भावना छ ।

यसमा ९७ हर्ष पावर आउटपुट भएको १.५ लिटरको नेचुरली एस्पिरेटेड इन्जिन र १४५ किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध छ । एट्टो २ डीएम आइमा ७.८ किलोवाट आवर र १८ किलोवाट आवर क्षमताका दुईवटा एलएफपी ब्याट्री विकल्पहरू उपलब्ध छन् । यी ब्याट्रीले संयुक्त रुपमा २०९ हर्षपावर बराबरको आउट पुट दिन्छन् । यस कारको इलेक्ट्रीक रेन्ज ४० देखि ९० किलोमिटर रहेको छ ।

हाइब्रिड डल्फिनको विस्तृत जानकारी भने सन् २०२६ को जुन लन्च गर्दा नै सार्वजनिक गरिने बताइएको छ ।


Back_to_top