‘ग्लोबल फर्चून ५००’ कम्पनीको सूचीमा बीवाइडी

एजेन्सी । चाइनाको न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी सन् २०२२ को फर्चून ५०० कम्पनीको लिस्टमा पर्न सफल भएको छ । बीवाईडीले अटोमोवाइल, रेल ट्रान्जिट, न्यू इनर्जी र इलेक्ट्रोनीक्सको क्षेत्रमा काम गर्दै आएको छ ।

विशेषत अहिलेको न्यू इनर्जी भेहिकलको क्षेत्रमा भएको द्रुत विकासका कारण बीवाइडीले प्रयोग गरिरहेको अत्याधुनिक टेक्नोलोजी, हाई क्वालीटी प्रोडक्टका कारण बजार विस्तार तिब्र गतिमा भइरहेको छ ।

कम्पनीले विकास गरेको ब्लेड ब्याट्री, डीएमआई सुपर हाइब्रिड टेक्नलोजी र इप्लेटफर्मको कारण बीवाइडीले सन् २०२१ मा ७ लाख ३० हजार प्यासेन्जर कार विक्री गर्न सफल भएको थियो ।

यसमध्ये ५ लाख ९३ हजार ब्याट्रीबाट चलने ईभी र बाँकी प्लगइन हाइब्रिड मोडल थिए । सन् २०२२ को ६ महिनामै कम्पनीले ६ लाख ३८ हजार न्यू इनर्जी भेहिकल विक्री गर्न सफल भईसकेको छ । जुन गतवर्षको समिक्षा अवधिको तुलनामा ३२४.८ प्रतिशतले बढी हो ।

हालै मात्र विवाइडीले ७० देशको ४०० भन्दा बढी सहरहरुमा आफ्नो उपस्थिति जनाएको छ । नयाँ प्रोडक्ट लाइनअप र गुणस्तरिय गाडीको कारण बीवाइडीले सफलता पाइरहेको छ ।


Back_to_top