आयो होन्डा डिओको स्पोर्टस् मोडल

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले आफ्नो सफल स्कुटर डिओको नयाँ स्पोर्टस् मोडल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा डिओ स्पोर्टस् दुई कलर अप्सनमा सार्वजनिक गरेको हो ।

होन्डाले सिल्भर मेटालिकको साथमा कालो र स्पोर्टस् रेडको साथमा कालो कलरमा डिओ स्पोर्टस् सार्वजनिक भएको हो । कम्पनीले डिओ स्पोर्टस् स्टायडर्ड भेरियन्टको मूल्य ६८ हजार ३१७ र डिलक्स भेरियन्टको मूल्य ७३ हजार ३१७ भारतीय रुपैयाँ कायम गरेर विक्री सुरु गरेको हो ।

नयाँ डिओ सार्वजनिक गर्दै होन्डा इन्डियाका प्रबन्ध निर्देशक, प्रेसिडेन्ट र सीइओ आतुसी ओगेटाले भने, ‘नयाँ डिओ युवाहरुको हरेक चाहना पुरा गर्ने डिजाइनबाट प्रेरित रहेको छ । यसलाई हामीले लिमिटेड एडिसनको रुपमा बजारमा ल्याएका हौं ।’

होन्डाले यसको लुक्समा परिमार्जन गरेको भएपनि इन्जिन भने समान ११० सीसी, सिंगल सिलिण्डर, इएसपी टेक्नोलोजी सहितको आएफआई इन्जिन दिएको छ । साथै, स्कुटरमा टेलिस्कोपिक सस्पेन्सन, ड्यूल फङ्सन स्वीच, साइड स्टायन्ड इन्डिकेटर, इन्जिन कटअफ स्वीच, कम्बी ब्रेकिङ सिस्टम जस्ता फिचर यसमा दिएको छ ।


Back_to_top