नेटा भीको विक्रीमा उछाल, ६५० किमि रेन्ज भएको नेटा ‘एस’ को विक्री सुरु

काठमाडौं । चीनको होजोन मोटरको पहिलो इलेक्ट्रीक भेहिकल नेटा सिरिजको विक्रीमा उछाल आएको छ । कम्पनीको ईभी विक्रीमा १८४.६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले सन् २०२२ को सात महिनामा मात्रै ७७ हजार १६८ यूनिट नेटा विक्री गरेको छ । कम्पनीको इलेक्ट्रीक कार चाहनेहरुको संख्या हरेक महिना बढ्दै गएको छ ।

होजोन मोटर्सले जुलाई महिनामा मात्रै १४ हजार ३७ यूनिट नेटा भी विक्री गरेको थियो । जुन अघिल्लो वर्षको जुलाईको तुलनामा १३३.५ प्रतिशतले बढि हो । सन् २०२२को अप्रिलमा ८ हजार ८१३, मेमा ११ हजार ९ र जुनमा १३ हजार १५७ यूनिट नेटा भी विक्री भएको थियो ।

नेटा एस स्पोर्ट सेडानको विक्री सुरु

कम्पनीले जुलाईको अन्तिम दिनमा आफ्नो नयाँ फ्ल्यागसिप मोडल नेटा एसको विक्री सुरु गरेको छ । नेटा एसमा ड्राइभर असिस्टेन्टका लागि ५ मिलीमीटर वेभ रडार, ११ वटा क्यामरा सहितको नेटा न्याभिगटेड पाइलट र एनटीपी मेमोरी पार्किङ जस्ता नयाँ फिचरहरु उपलब्ध छन् ।

नेटाको यो नयाँ सेडानमा फ्रेमलेस डोर तथा स्टीमलाइन बडी रहेको छ, जसको कारण यसको ड्रयाग कोफिसेन्ट ०.२१६ सीडीभन्दा कम रहेको छ । नेटा एसमा थर्ड जेनेरेशन स्न्याप ड्रागन अटोमोटीभ ककपिट प्लेटफर्म दिएको छ । स्मार्ट ककपिटका लागि क्यानेडियन टेक्नलोजी कम्पनी व्ल्याकबेरीको एड्भान्स क्यूएनएक्स सिस्टम प्रयोग गरेको छ ।

यसको लम्बाई ४९८० एमएम, १८८० एमएम चौडाइ, १४५० एमएम उचाई र २९८० एमएमको ह्वील वेस रहेको छ । यो स्पोर्टस सेडानमा दुईवटा मोटर रहेको छ, जसले ४५६ हर्सपावर र ६०० न्यूटन मिटरको टर्क प्रदान गर्छ । यो कारले ३.९ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति भेट्टाउन सक्छ । यसको ब्याट्री साइजको विषयमा उल्लेख नभएपनि यसको रेन्ज करिब ६५० किमि रहने छ ।

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेटा भी इलेक्ट्रीक क्रसओभरको नेपालमा पनि विक्री सुरु गरेको छ ।


Back_to_top