हिरोकाे ‘एक्सपल्स २०० टी’ नयाँ भर्सनमा तयार

काठमाडौं । हिरोले एक्सपल्स २०० को फोर भी मोडल बजारमा ल्याएसँगै पाएको सफलताले एक्सपल्स २०० टी मोडलको पनि अपग्रेड सहित फोर भी मोडल ल्याउने भएको हो ।

भारतको सर्वाधिक ठूलो मोटरसाइकल उत्पादक हिरोले एक्सपल्स २०० टीको टिभी विज्ञापन सुटिङ गरिरहेको ठाँउबाट तस्विर बाहिर आएको हो । बाहिर आएको तस्विरको अनुसार नयाँ एक्सपल्स २०० टीको अगाडिको भागमा परिमार्जन देख्न सकिन्छ । कम्पनीले यसको हेडलाइट, स्कृन र फर्कमा परिमार्जन गरेको छ ।

एक्सपल्स २०० टीमा दिइएको बेली प्यानल पनि परिवर्तन भएको छ । पछाडिको ग्राभरेल पनि नयाँ दिइएको छ । पहिलेको तुलनामा नयाँ भर्सन निकै स्पोर्टी देखिन्छ ।

हिरोले यसमा एक्सपल्स २०० मा दिइएको फोर भी इन्जिन दिने अपेक्षा गरिएको छ । कम्पनीले यसको विषयमा आधिकारीक धारणा भने बाहिर ल्याएको छैन ।


Back_to_top