१४ दिनपछि बजारमा आउने नयाँ अल्टोको तस्विर इन्टरनेटमा ‘भाइरल’

काठमाडौं । मारुती सुजुकी इन्डियाले अगस्ट १८ तारिखमा नयाँ जेनेरेशन अल्टो सार्वजनिक गर्दैछ । कम्पनीले बजारमा ल्याउन लागेको नयाँ अल्टोको तस्विर इन्टरनेटबाट लिक भएसँगै शोसल मिडियामा क्रिया–प्रतिक्रिया जनाउने बढ्दै गएका छन् ।

झट्ट हेर्दा सेलेरियो जस्तो लाग्ने नयाँ अल्टो नियालेर हेर्ने हो भने सेलेरियोभन्दा राम्रो देखिन्छ । झण्डै सेलेरियो जत्रै देखिएको यो मोडल अल्टो के१० नामबाट आउने छ । मारुती सुजुकीले आफ्नो हलुका तौलको हार्टटेक कार्किटेक्चरमा यसलाई बनाइएको हो ।

विशेषत इन्ट्री लेभल ह्याचव्याक चाहने ग्राहकलाई मध्येनजर गर्दै बजारमा आउन लागेको नयाँ जेनेरेशन अल्टोको सार्वजनिक हुनुअघि नै इन्टेरियर, कलर, स्पेशिफिकेशन, भेरियन्ट र एक्सटेरियरको सबै विषय सार्वजनिक भएको हो ।

नयाँ डिजाइनको फ्रन्ट ग्रिल, नयाँ हेडल्याम्प, १४ इन्चको ह्वील, नयाँ टेल ल्याम्प, अगाडि र पछाडिकै नयाँ बम्पर सार्वजनिक भएको तस्विरमा देख्न सकिन्छ । कम्पनीले यसलाई विभिन्न १२ भेरियन्टमा ल्याउन लागेको छ । जसमा एसटीडी, एसटीडी (ओ), एलएक्सआई, एलएक्सआई (ओ), भिएक्सआई, भिएक्सआई (ओ), भिएक्सआई प्लस, भिएक्सआई प्लस (ओ) म्यानुअल गियरबक्समा रहेका छन् ।

त्यसैगरी कम्पनीले यसको एएमटी गियरबक्स अप्सनमा भिएक्सआई, भिएक्सआई (ओ), भिएक्सआई प्लस र भिएक्सआई प्लस (ओ) भेरियन्ट उपलब्ध गराउने छ । नयाँ अल्टो के१० को लम्बाई ३५३० एमएम, चौडाई १४९० एमएम र उचाई १५२० एमएम रहेको छ । यसमा २३८० एमएमको ह्वील वेस पाउन सकिन्छ । कम्पनीले यसलाई विभिन्न ६ कलर अप्सनमा बजारमा उतार्ने छ ।

विशेषत रेनो क्वीडलाई टक्कर दिनेगरी बजारमा आउन लागेको अल्टो के१० को इन्टेरियरमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ सिट, नयाँ ड्यासबोर्ड, कन्ट्रोल बटम सहितको स्टेरिङ ह्वील, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि दुई एयरब्याग, इबीडीसहितको एबीएस, पावर विन्डो जस्ता फिचर यसमा छन् ।

कम्पनीले यसमा १.० लिटर थ्री सिलिण्डर ड्यूलजेट पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६७ हर्सपावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top