बीवाइडी र टेल्जी बीच सहकार्य, उत्कृष्ट दुई पाङ्ग्रे ईभी आउने

काठमाडौं । दुई चिनियाँ कम्पनी बीवाइडी र टेल्जी टेक्नोलोजी ग्रुपले सहकार्य गर्ने भएका छन् । टेल्जीले हिजो एक प्रोडक्ट सार्वजनिक गर्ने कार्यक्रममा उक्त सहकार्यको घोषणा गरेको हो । योसँगै टेल्जी बीवाइडीसँग सहकार्य गर्ने पहिलो इलेक्ट्रीक दुईपाङ्ग्रे कम्पनी भएको छ ।

यी दुई कम्पनी बीच भएको सहकार्यले दुई पाङ्ग्रे ईभीमा देखिएको ब्याट्री समस्या समाधान हुने बताउँदै टेल्जीले भनेको छ, ‘दुई पाङ्ग्रेमा प्रयोग हुने ब्याट्रीहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्न र टेल्जी स्कुटर जस्तै ब्याट्रीको पनि लाइफ लामो बनाउन बीवाइडीसँग मिलेर ब्याट्री उत्पादन गर्ने विषमा सहकार्य अगाडि बढेको हो ।’

टेल्जीका अनुसार यो सहकार्यले विशेष गरी ब्याट्री सुरक्षामा काम गर्नेछ ।

टेल्जी २००३ मा स्थापना भएको दुईपाँग्रे इलेक्ट्रीक ब्रान्ड हो । टेल्जी चिनियाँ दुईपाँग्रे उत्पादकमा सबैभन्दा ठुलो मध्य एक कम्पनी हो । टेल्जीका उत्पादनहरू विश्वका ९० भन्दा धेरै देशमा ३० हजारभन्दा धेरै बिक्री केन्दमार्फत बिक्री वितरण हुँदै आएको छ ।

बीवाइडीले ३० वर्षदेखि लिथियम आयोन ब्याट्री उत्पादनको काम गर्दै आएको छ भने बीवाइडीका इलेक्ट्रीक तथा हाइब्रिड कारले अहिले विश्व बजारमा राज गरिरहेको छ । हाल बीवाइडी इलेक्ट्रीक सवारीका लागि विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक समेत हो ।

टेल्जीका स्कुटरहरू नेपाली बजारमा योम मा ई मोटर्स प्रालिले बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा टेल्जी लायन र टाइगर मोडल बिक्री गर्दै आएको छ । कम्पनीले नेपालभर १० भन्दा धेरै स्थानमा शोरुम संचालन गर्दै आएको छ ।


Back_to_top