भारतमा एमजी विन्डसरको क्रेज बढ्दै, नेपालमा थप कुर्नु पर्ने

काठमाडौं । भारतमा एमजी मोटर्सले सार्वजनिक गरेको विन्डसर ईभीले रेकर्ड बिक्री गरिरहेको छ । ईभीको लागि सुस्त मानिएको भारतीय बजारमा विन्सरले लगातार दोस्रो महिना राम्रो बिक्री पाएको हो ।

भारतमा बुकिङ र डेलिभरी उच्च भएसँगै तिहार लगत्तै नेपालमा बुकिङ खोल्ने योजना बनाएको विन्डसर केही पर धकेलिएको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ । कम्पनीको अनुसार अझै केही समय कुर्नु एमजी इन्डियाले भनेको छ ।

‘हामीले विन्डर ल्याउने तयारी गरेका छौं । भारतमा उच्च माग भएको कारण केही धकेलिएको छ । नयाँ वर्षसँगै हामी यसको बुकिङ थाल्ने योजनामा छौं’, पारामाउन्ट स्रोतले मेरोअटोसँग भन्यो ।

नेभेम्बर महिनामा ३ हजार १४४ यूनिट बिक्री भएको विन्डसर ईभी अक्टोबरमा ३ हजार ११६ यूनिट बिक्री भएको थियो । कम्पनीको उक्त संख्यामा बिक्रीसँगै एमजी भारतमा सबैभन्दा ठूलो मध्येको एक ईभी उत्पादक र बिक्रेता बन्ने बाटोमा देखिएको छ ।

जिन्दाल ग्रुप प्रबेशसँगै जेएसडब्लू एमजी मोटर्स इन्डिया बनेको कम्पनीले नोभेम्बरमा ६ हजार १९ यूनिट कार बिक्री गरेको छ । त्यसमध्ये कम्पनीले ५ हजार २०२ यूनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसले सिंगल चार्जमा ३३२ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको हो ।

भारतीय बजारमा क्रेज बढेसँगै नेपालमा विन्डसर किन्न र हेर्न चाहनेले थप केही समय कुर्नु पर्ने भएको छ ।


Back_to_top