१५ दिनपछि उत्पादन बन्द हुँदै यी कार

काठमाडौं । भारतमा बन्ने अधिकांश गाडी नेपाली बजारमा बिक्री हुँदै आएका छन् । यस्तोमा भारत सरकारले लिने हरेक नीति नेपाली अटो बजारमा पनि लागु हुने गर्छ ।

अहिले नेपाल सरकारले नेपाल प्रदुषण मापदण्ड ‘नेपाल स्टायडर्ड ३’ लागू गरिरहेको भएपनि भारतमा बिक्री भइरहेको बीएस ४ मापदण्डका सवारीसाधन नेपालमा बिक्री वितरण भइरहेका छन् । यस्तोमा भारतले अबको १५ दिनपछिबाट बीएस ६ अनिर्वाय गरेको छ । त्यसैले केही कम्पनीले आफ्ना केही मोडलको उत्पादन बन्द गर्ने भएका छन् ।

मारुती सुजुकी, टोयोटा, टाटा जस्ता कम्पनीले आफ्ना केही मोडलको उत्पादन गर्ने भएका छन् । यस्तोमा अबको १५ दिनपछि उत्पादन बन्द हुन गइरहेका मोडलबारे हामी जानकारी दिदैछौं ।

टोयोटा मोर्टसले भारतमा उत्पादन गर्दै आएको इटियोस, लिभा, कोरोला एल्टीस मोडलको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । अब कम्पनीले भारतमा फच्र्यूनर र इनोभा उत्पादन गर्नेछ भने मारुती सुजुकीसँगको टाइअपलाई बलियो बनाउँदै ग्लान्जा जस्तै अन्य मोडल बजारमा उतार्ने छ ।

त्यसैगरी महिन्द्राले केयूभी १०० को डिजेल भेरियन्टको साथै बलेरो प्लस मोडलको उत्पादन बन्द गर्ने जनाएको छ ।

मारुती सुजुकीले भारतमा उत्पादन गर्दै आएको डिजेल कारको उत्पादन बन्द गर्नेछ । त्यसैले डिजेल इन्जिनमा मात्र उपलब्ध भिटारा ब्रेजालाई समेत कम्पनीले पेट्रोल इन्जिनमा बजारमा उतारेको छ ।

डिजेल इन्जिन युक्त कारको बन्द गरेपनि मारुती सुजुकीले आफ्ना सबै मोडलको बीएस ६ तयार गरेको छ ।

टाटाले आधिकारीक रुपमा केही जानकारी नदिएपनि कम्पनी नेक्सन, अल्ट्रोज, यिागो, टिगोर र ह्यारीयर (नेपालमा एच ५) को साथमा इलेक्ट्रीक उत्पादनमा केन्द्रित हुने जनाएको छ ।


Back_to_top